मिरिकमा जीटीए कर्मचारी संगठनको वार्षिक स्थापना दिवस कार्यक्रम सम्पन्न

IMG-20250117-WA0234

मिरिक: जीटीए कर्मचारी संगठनकाे वार्षिक सभा आज मिरिक रङ्गशालामा सम्पन्न भयाे। सुवास बस्नेतकाे अध्यक्षतामा सम्पन्न सभामा जीटीए प्रमुख अनित थापा मुख्य अतिथिको रुपमा उपस्थित थिए।

देवराज प्रधानले स्वागत सम्बाेधन गरेपछि शुरू भएकाे कार्यक्रममा भागाेप्रमाे केन्द्रीय महासचिव अमर लामा, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, कार्यकारी सभासदहरू राजेस चाैहान, अनाेस थापा, रतन थापा, अरूण सिंग्ची, कल्पना प्रधान, सभासदहरू मिलेस राई, धुर्ब बम्जन लगायत दार्जिलिङ, खरसाङ, कालेबुङ, मिरिक आदि ठाँउका जीटीएका कर्मचारीहरू उपस्थित थिए।

संगठनका केन्द्रीय महासचिव याेगेस गुरूङले संगठनकाे वार्षिक प्रतिवेदन प्रस्तुत गरे भने जीटीए प्रमुख अनित थापाले सबै ठाउँका संगठनका पदाधिकारीहरूलाई खदा लगाएर शुभकामना व्यक्त गरेका थिए।

About Author

Advertisement