मिरिकमा गोपाल योञ्जन प्रतिष्ठानको आयोजनामा वाग्येयकार गोपाल योञ्जन जयन्ती कार्यक्रम सम्पन्न

IMG-20240826-WA0301

मिरिक: गोपाल योञ्जन प्रतिष्ठान-मिरिकको अध्यक्ष सुक बहादुर गजमेरको अध्यक्षतामा आज मिरिक रंगशला भवनकाे गाेपाल याेञ्जन मञ्चमा वाग्येयकार गोपाल योञ्जन जन्मोत्सव साथै गोपाल गायन प्रतियोगिता-२०२४ अनि नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न भयाे। प्रमुख अतिथि जीटीएको सूचना तथा सांस्कृतिक विभागका कार्यकारी सभासद अनाेश थापा रहेकाे कार्यक्रममा विशिष्ट अतिथिहरू सभासदहरू मिलेस राई, धुर्ब बम्जन, जनसम्पर्क अधिकारी विवेक गाेले, सूचना अनि साँस्कृतिक विभाग मिरिक शाखाका निर्देशक कैलास राई आदि उपस्थित रहेका थिए। मिरिक रंगशाला भवन परिसरमा स्थापित गरिएकाे गाेपाल याेञ्जनकाे सालिगमा सबैले श्रद्धाञ्जली अर्पण गरेपछि शुरू भएकाे कार्यक्रममा मिरिकका संगीत कला क्षेत्रमा महत्वपूर्ण स्थान बनाईसकेका व्यक्तित्वहरु क्रमैले बिमला सेञ्चुरी प्रधान, फुवागढी (हाल गान्तोक) आनन्द राई अनि विष्णु अधिकारी, टिङ्गलिङ्ग (हाल काठमाठाै) प्रति भव्य नागरिक अभिनन्दन जनाइयाे। कार्यक्रममा वाग्येयकार गोपाल योञ्जन सम्बन्धी वार्ता साहित्यकार, गीतकार एंव शिक्षक कमल रेग्मीले प्रस्तुत गरेका थिए।

साेही कार्यक्रममा शिक्षक कवि अरुणचन्द्र कुलुङद्वारा रचित अनि आनन्द राईद्वारा सङ्गीतबद्ध सुमधुर स्वरकी धनी – बाणिका प्रधानद्वारा स्वरवद्ध गीति कोशेलीको म्युजिक भिडियो लोकार्पण पनि गरियाे। कार्यक्रममा मिरिक म्युजिक मेलाेडीद्वरा सांगीतिक कार्यक्रम प्रस्तुत गरियाे भने सम्मानित व्यक्तिहरू अनि शिक्षक रमेश गजमेरले पनि सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

About Author

Advertisement