मिरिकमा गोजमुमोको कर्मी सभा

IMG-20230801-WA0317.jpg

पञ्चायत र पञ्चायत समितिमा जीटीएको हस्तक्षेप हुँदैन: बिमल गुरुङ

मिरिक: गाेर्खा जनमुक्ति माेर्चाले मंगलबार मिरिकमा एउटा साँगठनिक कर्मी सभा गरेको छ। उक्त कर्मी सभा गाेजमुमाे केन्द्रीय अध्यक्ष बिमल गुरूङकाे अध्यक्षता अनि गाेजमुमाे मिरिक महकुमा महासचिव पूर्णसिहं राईकाे सञ्चालनमा भएकाे सभामा बाेल्दै गाेर्खा जनमुक्ति अध्यक्ष बिमल गुरूङले साँगठनिक गतिविधिबारे विस्तृत जानकारी गराए भने चाँडै गाेजमुमाे मिरिक महकुमा समिति अनि टाउन कमिटि गठन गर्ने निर्देश दिए। गुरूङले ग्राम पञ्चायत अनि पञ्चायत समितिमा जीटीकाे कुनै हस्तक्षेप नहुने अनि ग्राम पञ्चायत र पञ्चायत समितिकाे आफ्नै कार्य प्रणाली हुने बताए। उनले राज्य र केन्द्र सरकारले बजट आवन्टन गर्ने बताँउदै ढाँट छल गर्नेहरूकाेपछि लाग्नु हुँदैन भने। गुरूङले जीटीएमा रूपियाँ नरहेकाे दाबी गर्दै हाल सबै काम वर्क डाउनमा भइरहेकाे छ भने।उनले हामीले जीटीएमा शासन चलाउँदा जीटीएकाे रूपियाँले काम गरेनाैं। केन्द्र सरकारले माया गरेर दिएकाे ६ सय कराेड रूपियाँकाे प्याकेज अनि सुवास घिसिङले जाेगाएर राखेकाे १ सय ६६ कराेड गरी माेठ सात सय छ्यासठ्ठी कराेड रूपियाँले विकासकाे कार्य गरेको जसले हामीले धेरै माेडल स्कूल लगायत धेरै कुराे बनायाै भने। उनले चाेरेर खाँदा खदाँ उनीहरूकाे सुङ्गुरे बानी भएकाे छ भन्दै चाराे सकिएपछि आफूलाई नै बाँधेकाे काठ सुङ्गुरले खाए जस्ताे भएकाे छ भनी आरोप लगाए। उनले हिजसम्म विकासकाे लागि आएकाे भन्नेले आज गाेर्खाल्याण्डकाे टकमा बस्छाैं भन्दैछ भन्दै हामी गाेर्खाल्याण्डकाेलागि निस्किएका हाैं, गाेर्खाल्याण्डकै लागि काम गरिरहेका छाैंवभनी बताए। बिमल गुरुङले आगमी ४, ५ अनि ६ अगस्तमा नारी माेर्चाले कार्यक्रम गर्ने तय भएकाे छ। उक्त कार्यक्रममा आफु लगायत महासचिव अनि केन्द्रीय स्तरका नेताहरू पनि दिल्ली जानेछाैं भनी बताए।

About Author

Advertisement