मिरर अनि इमेज ग्यालेरीको उद्घाटन कालेबुङ साइन्स सिटीमा

17-06-43-an1-1-1024x576.jpg

कालेबुङ: कालेबुङको साइन्स सिटीमा आज जीटीए कार्यपाल अनित थापाको बाहुलीबाट साइन्स सिटीमा मिरर अनि इमेज ग्यालेरीको विधिवत उद्घाटन गरियो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अनित थापाले भने, साइन्स सिटी जीटीएको निम्ति ठूलो धन हो। हाम्रो साइन्स सिटीलाई बचाउनु डा. बीबी गुरुङको ठूलो हात छ। यस्ता सेन्टरले हाम्रो विद्यार्थीहरूलाई प्रेरणा दिन्छ। साइन्स सिटी जहि-नहीं पाइँदैन साइन्स सिटीका सञ्चालक डा. बीबी गुरुङ अनुसार उत्तर पूर्वी राज्यहरुमा केवल एउटा मात्र साइन्स सेन्टर पाउँछौ । तर बंगालमा जम्मा ७ वटा साइन्स सेन्टर छ अनि जीटीएको पनि आफ्नै साइन्स सेन्टर छ । साइन्स सिटी परिसरमा नेटवर्कको प्रबन्ध राम्रो नभएको देखेर अनित थापाले निःशुल्क वाई फाई जडान गर्ने सुझाउ राख्दै भने, साइन्स सिटीमा नेटवर्क नहुनु साइन्स फेल हुनु हो। यहाँ फ्री वाई फाई जडान गर्नु सके नानीलाई यहाँ आउने बानी बसाल्नु सकिन्छ। साइन्स सिटी शिक्षासँग सम्बन्धित छ।

विद्यार्थीहरूलाई यहाँ ल्याउने कार्य हुनुपर्छ। गाउँ बस्तीका नानीहरूलाई यस्तो ठाउँमा ल्याउनु सके तिनीहरूलाई शिक्षाको साथमा प्रेरणा पनि मिल्नेछ। जीटीए को शिक्षा विभागले सरकारी स्कुलका नानीहरूलाई यहाँ ल्याउन गाडी भाडाको प्रबन्ध मिलाउन सके भन राम्रो हुनेछ भनी तिनले बताए।

About Author

Advertisement