जबसम्म हाम्रो माग पूरा हुँदैन, तबसम्म हाम्रो संघर्ष जारी रहनेछ: डीके गुरूङ
सिलगढी: मिनिमम वेजेसको स्मरण गराउँदै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको श्रमिक संगठन एचएचटीडीसीएसएसले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी र श्रम मंत्री घटकलाई पत्रचार गरेको छ।
चिया बगानहरूमा अविलम्ब मिनिमम वेजेस लागु गरिनुपर्छ भन्ने माग लिएर आज सिलगढीको दागापुरको श्रमिक भवनमा अतिरिक्त श्रमायुक्तको माध्यमद्वारा राज्यकी मुख्यमत्री ममता ब्यानर्जी साथै राज्यको श्रम मन्त्री मलय घटकलाई पत्रचार गरेका छन्। यसको साथै युनियनले डागापुरमा धारणा प्रदर्शन पनि गरेका छन्। यसको साथै पहाड तराई डुवर्स क्षेत्रको चिया बगानहरूमा मिनिमम वेजेस अविलम्ब लागु गरिनुपर्छ भन्ने माग विगत धेरै वर्ष अघिदेखि उठाउँदै आएको तर आजसम्म चिया श्रमिकहरूको मागलाई सरकारले पत्तो दिएको छैन भनी प्रदर्शन गरेका छन्। सरकारले सानी आमाको व्यवहार अप्नाउदै आइरहेको र अहिलेको महंगाई जमानामा २ सय २० रूपियाँको दैनिक ज्यालाले घर परिवारहरूको पालन पोषण गर्न धेरै गाह्रो पर्छ।चिया श्रमिकहरूले भोग्दै आएको समस्याहरूलाई उठाई दिने अनुरोध आएको हुनाले आफुहरू यस विषयमा लागि पर्दै आएको हौ।हामीले अतिरिक्त श्रमायुक्तको माध्यमद्वारा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी,राज्यको श्रम मन्त्री मलय घटकलाई चिया बगानहरूमा अविलम्ब मिनिमम वेजेस लागु गर्ने मांग पत्र चढाएका छन्। अतिरिक्त श्रमायुक्तलाई चिया श्रमिकहरूले भोग्दै आएको समस्याहरूको अवगत गराएका छन् भने उनले युनियनको कुराहरू ध्यानपूर्वक सुनेर आफुहरूको पक्षबाट जे जति गर्नु सक्छौ त्यो सबै गर्ने छौ भन्ने भरोसा पनि दिलाएको छ।यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको श्रमिक संगठनको अध्यक्ष डीके गुरूङले भने, जबसम्म सरकारले श्रमिकहरूको समस्यालाई समाधान गर्दै तबसम्म हाम्रो संघर्ष जारी रहनेछ। आजको धरना प्रदर्शन केवल शुरूवात मात्र हो। सरकारले हाम्रो आवाजलाई सुन्दैन भने पहाड तराई डुवर्सको समस्त श्रमिकहरूलाई लिएर भावी कार्यक्रमहरूको रूप रेखाहरू तयार गर्ने छौँ। श्रमिकहरूले न्याय पाउने भनेको नै श्रमिक भवन हो। यस प्रकारको धरना प्रदर्शन कार्यक्रम अब पहाड तराई डुवर्स चारैतिर हामी आयोजना गर्ने छौँ।’ उनले अघि भने, चिया बगानहरूमा २ सय २० रूपियाको दैनिक ज्यालाको कारणले गर्दा हाम्रो मानिसहरू रोजगारको लागि घर परिवार छोडेर बाहिर जानु बाध्य भएका छन्। चिया बगानको श्रमिकहरूलाई सरकारले सानी आमाको व्यवहारले किन हेर्दैछ।अहिलेसम्म चिया बगानहरूमा मिनिमम वेजेस किन लागु हुँदैन।सबै क्षेत्रमा कार्यरत श्रमिकहरूले मिनिमम वेजेस पाउँदा चिया श्रमिकहरूले किन पाउँदैन। सरकारले चिया श्रमिकहरूलाई यसरी नै अनदेखा गर्ने काम गर्दैछ। चुनावको समयमा नेताहरूले ठूल्ठूलो कुराहरू गर्छ,चुनावपछि चिया श्रमिकहरूको लागि यो हुन्छ त्यो हुन्छ भन्दै प्रलोभन देखाउँछ तर चुनाव सकेपछि नाक मुख देखाउँदैन। चिया श्रमिकहरू सडकमा ओर्लि सकेको छ। हामीलाई चुनावसंग सरोकार छैन,हामीले विगत धेरै वर्ष अघिदेखि नै मिनिमम वेजेसको कुराहरू उठाउदै आएका हौँ।’ उनले अझ भने, ‘हामी राष्ट्र झण्डाको मुनि उभिएर हामी हाम्रो दुखेसो पोख्दैछौं,हामी राष्ट्रबादी सोचकाहरू हौ तर हाम्रो बास,गास,कपाससंग जोडिएको कुरा छ।’

यस धारणा प्रदर्शनमा तराई डुवर्सबाट राजेश लाकडा,आयुष अधिकारी,पहाडबाट डीके गुरूङ,जतन राई,डेविड राई आदि उपस्थित थिए।











