गान्तोक: २३ स्यारी निर्वाचनस्तर समिति, स्वास्थ्य प्रकोष्ठको पहलमा आज एक दिवसीय स्वास्थ्य शिविर आयोजना गरियो। मिडल स्यारीस्थित प्राथमिक पाठशाला परिसरमा आयोजित यस एक दिवसीय रक्तदान शिविरमा एक सय भन्दा अधिक यूनिट रगत सञ्चय गरियो। एसटीएनएम अस्पतालको सहयोगमा आयोजित कार्यक्रममा गरीब जन कल्याण प्रकोष्ठका प्रमुख संयोजक मनोज लामा लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि लामाले एक यूनिट रगतले कसैले ज्यान बचाउन सकिने भएको हुनाले गर्दा स्वास्थ्य मानिसहरूले रक्तदान गरेर उदाहरण प्रस्तुत गर्नुपर्ने सुझाउ दिए। राज्यको अस्पतालहरूमा रक्तको अभावलाई ध्यानमा राख्दै एसकेएम पार्टीले विभिन्न ठाउँहरूमा रक्तदान शिविर आयोजना गर्दै आइरहेको उनको भनाइ रहेको छ। यसरी नै गरबी जनकल्याण प्रकोष्ठले राज्यका रोगीहरूलाई शुरूदेखि नै सेवा पुऱ्याउँदै आएको उनले बताए।अहिलेसम्म राज्यमा कुनै पनि राजनीतिक पार्टीले प्रकोष्ठ गठन गरेर रोगीहरूको सेवा पुऱ्याउन नसकेको दावी गरे। तर वर्तमान मुख्यमन्त्री प्रेम सिंह तामाङको निर्देश बमोजिम प्रकोष्ठले धेरै उदाहरणीय कार्य गर्दै आइरहेको जानकारी गराए।










