मिजोरमका राज्यपाल विजय कुमार सिंहको दुई दिवसीय सिक्किम भ्रमण सम्पन्न

n6865368491761493870778a884cd046938e1e084960e9c27d0b44edc4baae0de7e85a0ada313fd112a6705

गान्तोक: मिजोरमका राज्यपाल विजय कुमार सिंह दुई दिवसीय सिक्किम भ्रमण समाप्त गरी आज फर्किएका छन्। उनी आज राजधानी गंगटोकस्थित बुर्तुक हेलीप्याडबाट हेलिकप्टरमार्फत बागडोग्रा विमानस्थलतर्फ प्रस्थान गरेका हुन्।
राज्यपाल सिंहसँगै सिक्किमका राज्यपाल ओमप्रकाश माथुर पनि बागडोग्रा विमानस्थलसम्म गए।
सिक्किमबाट प्रस्थान गर्नु अघि, दुवै राज्यपाल राजधानी गंगटोकको पाल्जोर स्टेडियममा आयोजित सोल्जराथन २.० कार्यक्रममा सहभागी भएका थिए। यो कार्यक्रम सैनिक सेवा, फिटनेस र देशप्रेमप्रति समर्पित युवाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको हो।
उल्लेखनीय छ, मिजोरमका राज्यपाल विजय कुमार सिंह हिजो दुई दिनका लागि सिक्किम आएका थिए। भ्रमणका क्रममा उनले उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुका साथै राज्यमा सञ्चालित विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूमा सहभागिता जनाएका थिए।

About Author

Advertisement