जलपाईगढी: माल खोला तर्ने क्रममा चिया बगानमा काम गर्ने मजदुरको मृत्यु भएको छ। घटना मंगलबार दिउँसो बटाइगोल डिभिजनमा माल खोलाको किनारमा भएको हो। मृत्यु हुनेको नाम राम मुण्डा (४२) हो। मृतक व्यक्ति ब्यांकबाट पैसा निकाल्न व्यक्तिगत कामका लागि माल शहर आएका थिए। कामबाट घर फर्कने क्रममा शहरको पूर्वी भागमा सामान बोकेर खोला तर्न खोज्दा खोलाको तीव्र बहावले बगाएको थियो। डुवर्सलगायत आसपासका पहाडी क्षेत्रमा लगातारको वर्षाका कारण माल नदीको पानीको बहाव बढेको छ। साथै नदीको पानीको बहाव पनि तीब्र गतिमा छ। नदीको तीब्र बहावका कारण उक्त व्यक्ति सो खोलामा बगेको जनविश्वास छ। मृतकको घर सोङ्गाची चिया बगान बटाइगोल डिभिजनमा रहेको बताइएको छ। मालनगरबाट निजी कामका लागि घर फर्कने क्रममा माल खोला तर्ने क्रममा उक्त दुर्घटना भएको इलाकाका युवा विकास ओराले बताए। लगत्तै मेटेली प्रहरी चौकीबाट पुलिस आएर शव बरामद गरेको थियो। बुधबार पोष्टमार्टमपछि शव परिवारलाई बुझाइनेछ मेटेली पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ। -न्यूज एसिया









