मालुटार र सिमरिङ क्षेत्रको पञ्चायत समितिको सिटमा अनिरा तामाङ र आरती राई प्रतिद्वान्दिता गर्दै

IMG-20230704-WA0306.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत पर्ने तीनधारे महानदी समष्टिको शिवखोला ग्राम पञ्चायतभित्र पर्ने सिमरिङ र मालुटार चियाबारी क्षेत्रमा रहेको दुईवटा बुथहरुबाट यसपालीको पञ्चायत चुनावमा दुईजना प्रार्थीहरू पञ्चायत समितिको सिटमा प्रतिस्पर्धा गरिरहेका छन्। शिवखोला ग्राम पञ्चायतमा पञ्चायत समितिमा रहेको दुईवटा सिटमध्ये सिमरिङ र मालुटारको दुईवटा बुथहरू २४० र २४१ मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी अनिरा तामाङ रहेका छन् भने निर्दलीय प्रार्थीको रुपमा आरती राई रहेका छन्। दुवैले चुनाव प्रचार लगातार रुपमा गरिरहेका छन्। दुवैले यस क्षेत्रमा रहेको बाटोको समस्या, स्वस्थ्य केन्द्र, सार्वजनिक भवन, पानी साथै बुनियादी सुविधाहरू गाउँमा ल्याएर जनताको सेवा गर्ने वाचाको साथमा चुनाव लडिरहेका छन्। पहाड़मा यसपाली दुई स्तरीय पञ्चायत चुनाव भएको कारणले गर्दा पञ्चायत समितिको लागि पनि चुनाव भईरहेकोले दुवै प्रार्थीहरू यस दुई स्तरीय पञ्चायत चुनावमा पञ्चायती समितिको सिटमा प्रतिद्वान्दिता गरिरहेका छन्। यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो प्रार्थी अनिरा तामाङ र निर्दलीय प्रार्थी आरती राईले विस्तृत रुपमा जानकारी गराएका छन्। दुवैले सिमरिङ र मालुटार चियाबारी क्षेत्रका विभिन्न मूलभूत विषयहरूलाई चुनावी मुद्दा बनाएका छन्। यस क्षेत्रमा रंगटङ्गदेखि सिमरिङ र मालुटार हुँदै महल्दीरामसम्म पुग्ने मुख्य सड़क निर्माणको कार्य पीडब्ल्युडीबाट भईरहेको छ भने अन्य स्थानहरूतिर जाने रोडको निर्माण जरूरी देखिएको छ। भएको रोड पनि मरमत्ति नभएर अत्यन्तै जीर्णावस्थामा पुगेको देखिएको छ। त्यसैले सिमरिङ र मालुटार क्षेत्रमा रहेको पञ्चायत समितिको दुवै प्रार्थीहरूले बाटो र स्वस्थ्य सेवालाई प्राथमिकता दिएर चुनावमा उत्रेका छन् अनि आगामी 8 जुलाईको दिन यस क्षेत्रको जनताले कसलाई अधिक भोट दिएर जिताउने हुन् त्यो ११ जुलाईको दिन हुने मतगणनामा याद हुनेछ। त्यसको साथै यहाँबाट पञ्चायत कार्यालय पुग्नु १५-१६ किलोमीटर टाड़ो जानु पर्ने बाध्यता छ। त्यसर्थ जनताको लागि कार्य गर्न दुवै महिला प्रार्थीहरू चुनाव मैदानमा प्रतिद्वान्दिता गरिरहेका छन्।

About Author

Advertisement