मालुटार चियाबारी र घुम्ती चियाबारीको प्रबन्धकसित ट्रेड युनियनको बैठक सम्पन्न

IMG-20250529-WA0361

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टि अन्तर्गत मालुटार, सिमरिङ र फागुटार क्षेत्रका प्रतिनिधिहरुलाई लिएर मालुटार चियाबारीको प्रबन्धक रजत थापासित सभा सम्पन्न भएको छ। उक्त सभा बगानकै कार्यालयमा‌ सम्पन्न भएको छ। सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापा, पञ्चायत समिति सदस्या अनिरा तामाङ, मालुटार बुथका सभापति नरेश राई उपस्थित रहेका थिए। सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन अप्पर सिमरिङ शाखाको नव गठित प्रतिनिधिहरुलाई प्रबन्धकसित परिचय गराइएको छ। यसको वर्ष २०२५ सालको मांग पत्र पनि पेश गरिएको छ। उक्त मांग पत्र विषयमा चर्चा परिचर्चा पनि गरिएको छ। प्रबन्धक पक्षले‌ यी मांगहरुलाई मानि लिएर केही दिनभित्रमा शाखा स्तरको प्रतिनिधिहरुलाई‌ सर सल्लाह गरेर गरिदिने आश्वासन दिएका छन् भने कतिवटा मांगहरुका‌ निम्ति कम्पनीसित सर सल्लाह गरेर आगामी दिनमा हुने बैठकमा छलफल गरिने आश्वासन दिएका छन्‌।

सभामा मालुटार शाखाका सभापति प्रह्लाद छेत्री, सचिव साजन तामाङ, पूर्ण तामाङ, बिष्णु राई, अप्पर सिमरिङ शाखाबाट सभापति कमल सुब्बा, सह सचिव धनकुमार सुब्बा, पञ्चायत सदस्या सिर्जना छेत्री लगायत अन्यहरु उपस्थित रहेका थिए भनी हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाले जानकारी गराएका छन्‌‌। त्यसरी नै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन घुम्ती चियाबारीको प्रतिनिधिहरु र घुम्ती चियाबारीको प्रबन्धक जवाहर चौधरीमाझ बैठक सम्पन्न भएको छ। सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय कानुनी सल्लाहकार शेखरचन्द्र प्रधान, तीनधारे महानदी समष्टिको संयोजक राजेस थापा, घुम्ती चियाबारी क्षेत्रका समिति सदस्या सरिता मुखिया, भागोप्रमो घुम्ती चियाबारी शाखाका बसन्त राई लगायत अन्य प्रतिनिधिहरु उपस्थित रहेका थिए।

सभामा विशेष गरेर गत १८ मई २०२५ मा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन घुम्ती चियाबारी युनिटको कमिटी गठन गरिएको जानकारी गराइएको छ। उक्त नवगठित कमिटीको प्रतिनिधिहरुलाई प्रबन्धकसित परिचय आदान प्रदान गरिएको छ। सभामा घुम्ती चियाबारी युनिटको सभापति देवेन्द्र सुब्बा र सचिव सुमन गुरुङको नेतृत्वमा वर्ष २०२५ को मांग पत्र पेश तयार गरेर चाढै नै प्रबन्धक समक्ष बुझाउने प्रस्ताव पारित गरिएको जानकारी हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाले दिएका छन्।

About Author

Advertisement