मालदामा हुने पहिलो गाजोल सुपर सकर च्याम्पियनशीपमा चुनौती पेश गर्न तयार केएफसी

IMG-20220528-WA0069.jpg

२८ मईः उत्तर बंगालको अग्रणी टीम कञ्चनजंघा फूटबल क्लब (केएफसी)-ले मालदामा हुने पहिलो गाजोल सुपर सकर च्याम्पियनशीप २०२२-मा हिस्सा लिनेछ। एएफसीसी गाजोलको आयोजनमा हुने यस टुर्नामेण्टमा मोहमेडन एथलेटिक क्लब (कलकत्ता), एसएपी १२ बटालियन, कलकत्ताको युनाइटेड स्पोर्ट्स क्लब र बंग्लादेशको गाजिरचोट स्पोर्टिंग क्लब जस्ता शीर्ष क्लबहरूले पनि अंशग्रहण गर्नेछ। आउँदो १३ जूनदेखि शुरु हुने यस प्रतियोगितामा केएफसी सम्पूर्ण उत्तर बंगालबाट हिस्सा लिने एकमात्र टीम हो भनी क्लबका मुख्य प्रशिक्षक दिनकर छेत्रीले बताए। टुर्नामेण्टमा केएफसीको पहिलो म्याच १४ जूनमा एएफसी, मालदा विरुद्ध रहेको छ। गाजोल कलेज मैदानमा हुने यस टुर्नामेण्टको फाइनल १९ जूनमा खेलिनेछ।

About Author

Advertisement