मालदाका रिफत माध्यमिक परीक्षामा दोस्रो स्थानमा

IMG_20230519_172551.jpg

मालदा: सिलगढीको कोचिङ इन्स्टिट्युटको क्लासमा पढ्ने रिफत हसन सरकारले माध्यमिक परीक्षामा राज्यमा दोस्रो स्थान हासिल गर्न सफल बनेका छन्। मालदाको रामकृष्ण मिशनका छात्रा रिफत हाल सिलगढीमा पढाइ गरिरहेका छन्। आज माध्यमिक परीक्षाको परिणाम घोषित भएपछि रिफतले राज्यमा दोस्रो स्थान हासिल गरेको थाहा पाए। रिफतको बाबु स्कुल शिक्षक हुन्। रिफत भविष्यमा डाक्टर बन्न चाहन्छन्। यस अवसरमा रिफतले भने, माध्यमिक परीक्षामा राम्रो अङ्क ल्याउने आशा थियो। तर राज्यमा दोस्रो स्थानमा ल्याउँछु भनेर मैंले सोचेको थिइन। दोस्रो स्थान पाएर निक्कै खुसी छु। मेरो उक्त सफलतामा स्कुलका शिक्षकहरू तथा बाबुको निक्कै सहयोग पुयाएको थियो।

About Author

Advertisement