मार्श र स्टोइनिसपछि कप्तान कमिन्स र हेजलवुड पनि च्याम्पियन्स ट्रफीमा नखेल्ने

IMG-20250207-WA0135

दुबई: आईसीसी च्याम्पियन्स ट्रफी १५ फरवरीदेखि शुरु हुनेछ अनि यस प्रमुख टुर्नामेण्ट अघि अष्ट्रेलियालाई टीमलाई फेरि झट्‌का लागेको छ। स्टार अलराउण्डर मिचेल मार्श र मार्कस स्टोइनिस टुर्नामेण्टबाट बाहिर भएको लगत्तै पछि कप्तान प्याट कमिन्स र पेस बलर जोश हेजलवुड पनि च्याम्पियन्स ट्रफीबाट बाहिर भएका छन्। कमिन्स खुट्टाको चोटसँग जुझिरहेका छन् जब कि हेजलवुडलाई पनि बोर्डर गावस्कर ट्रफीको अवधि चोट लागेको थियो। अब च्याम्पियन्स ट्रफीको निम्ति घोषित टीममा अष्ट्रेलियाले ४ वटा फेरबदल गर्नु पर्नेछ। टीममा फेरबदल गर्ने अन्तिम तारिख १२ फरवरी रहेको छ। मिचेल मार्श ढाड़को चोटबाट मुक्त हुन सकेका छैनन् जबकि स्टोइनिसले बिहीवार वनडे इण्टरनेशनल क्रिकेटबाट सन्न्यासको घोषणा गरे। कमिन्स नखेल्दा क्रिकेट अष्ट्रेलिया (सीए)-ले स्टीव स्मिथ र ट्रेविस हेडमा एकजनालाई कप्तान नियुक्त गर्ने सम्भावना छ। राष्ट्रिय चयन समितिका अध्यक्ष जर्ज बेलीले भनेका छन्, दुर्भाग्यले प्याट (कमिन्स), जोश (हेजलवुड) र मिच (मार्श) चोटसँग जुझिरहेका छन् अनि च्याम्पियन्स ट्रफीसम्म फिट हुनेछैनन्। यो निराशाजनक कुरा भए पनि यसले अन्य खेलाड़ीहरूलाई वैश्विक प्रतियोगितामा अष्ट्रेलियाको निम्ति प्रदर्शन गर्ने असल अवसर प्रदान गर्नेछ। युवा खेलाड़ीहरूले यस मञ्चको सदुपयोग गर्ने विश्वास छ।

About Author

Advertisement