मार्ग्रेट्सहोपमा क्रामाकपाको सभा सम्पन्न

IMG-20240217-WA0134.jpg

सोनादा: क्रामाकपा सोनादा २ जोनल कमिटिको सभा मार्ग्रेट्सहोप चियाबारीको बीच गाउँमा सोमराज राईको अध्यक्षतामा सम्पन्न भयो। सभामा जोनल सचिव जेके राईले क्षेत्रको सांगठनिक र राजनैतिक रिपोर्ट पेश गरे। उनले यस क्रममा पहाडमा विकासको नाममा व्यापक भ्रष्टाचार गरिरहेको, चियाबारी क्षेत्रमा सरकारको निष्क्रियता र मालिक पक्षको मनमानीपनको कारण चियाकमान बन्द भईरहेको बताए। पार्टीका वरिष्ठ नेता आरके राईले वर्तमान पहाडको राजनैतिक अवस्था हेर्दा सबै राजनैतिक दलहरू सहूलियत र पैसाको भरमा राजनैतिक गरिरहेको बताउँदै जातिको मुक्ति आन्दोलनलाई विचल्नीमा पारेको अनि सुविधावादी राजनितीमा फसेका छन् भनी बताए। उनले क्रामाकपा एक इमान्दारपूर्वक शान्तिपूर्ण संघर्षमा जातीय र वर्गीय मुद्दामा संघर्षरत् छ। गोर्खा, अल्पसंख्यक समूहको हकमा एकमात्र विकल्प क्रामाकपा मात्र रहेको बताए। पार्टीका वरिष्ठ नेता एनआर राईले संगठन बलियो बनाउनु नै एक विकल्प हो। नीति र आदर्शमा बाचेको एक मात्र पार्टी हो। मार्ग्रेट्सहोप क्षेत्र मजदूर आन्दोलनको ऐतिहासिक स्थल हो। यहाँको नौवटा गाउँमा क्रामाकपाको सदस्य रहेको छ तसर्थ यहीँबाट मजदूर आन्दोलन दह्रो पार्नु पर्ने कुरा राखे। पार्टी दार्जीलिङ जोनल सभापति केबी राईले सांगठनिक ढाँचा, अनुशासन, नेतृत्वको भूमिकाबारे आफ्नो विचार राखेका थिए। गोर्खाल्याण्डको आन्दोलन तीब्र पार्न क्रामाकपा नै बलियो हुनुपर्छ। गक्रानामो नेतृ छेसाङ तामाङले कमानको विषयमा विस्तारित रिपोर्ट राखेका थिए।
क्रामाकपा ट्रेड युनियन नेता सुनिल राईले चियाबारी मजदूर आन्दोलन, पर्जा पट्टा, निम्नतम रोजबारे सभालाई बताए।
उनले निम्नतम रोज वृद्धि विषय लगातार सभा बसिरहेको छ र आउँदो सभामा चुडान्त निर्णय हुने सम्भावना रहेको छ बताउँदै हामी संगठित भएर लडे मात्र सफलता पाइन्छ। पाँच डेसिमल जमीनको पट्टा दिएर हाम्रो मालिकाना हक खोस्ने षड्यन्त्र हामीले आन्दोलनले नै रोक्न सफल भयौं भनी बताए। पार्टीको केन्द्रीय संगठन प्रमुख शेखर छेत्रीले क्रामाकपा कम होला तर कमजोर छैन। वैचारिक पक्ष दह्रो भएको पार्टी पहाडमा क्रामाकपा मात्र हो भन्दै लोभ लालच र सहुलियतमा भूलिने अवसरवादीको दल क्रामाकपा होइन भन्ने कडा रूपमा उनले दिए। उनले पहाड लगायत गोर्खा जाति बचाउन क्रामाकपा नै बलियो हुनुपर्छ भनी बताए।
२०१९ को चुनाउमा गोर्खा जातिको दुईवटा प्रमुख मुद्दामा सहयोग पर्यायौं। गोर्खा जातिले लगातार १५ वर्षदेखि समर्थन गरेर आए पनि आफ्नो कार्यकालमा गोर्खाको मुद्दामाथि निर्णय नलिनु दु:ख लाग्दो कुरा हो। सभालाई क्रामाकपा प्रवक्ता अरूण घतानीले पनि सम्बोधन गर्दै केन्द्र सरकारको चार नयाँ लेवर कोर्डको विरोध लगायत गोर्खा जातिको मुख्य मुद्दा पूरा नगरेकोमा के भाजपाले गोर्खालाई धोका दिएको हो? भन्ने प्रश्न राखे। उनले राज्यको तृणमूल सरकार र स्थानीय प्रशासनको भ्रष्टाचार, भाई भतिजावाद र विकासको नाममा व्यापक भ्रष्टाचार र ठेकादारी संस्कार विकास गरेकोमा तीब्र आलोचना गरे। क्षेत्रमा विकास गर्छु भन्नेहरूले चियाकमान बन्द गराए, पर्जा पट्टा दिलाउन सकेन, निम्नतम रोज बडाउन रोके, पहाडको जनसांख्यिकी घटाउन बंगालको षडयन्त्रको मदतगार भएका छन् भनी बताए। सभामा अन्तिम वक्ताको रुपमा पार्टी महासचिव नर्बु लामाले क्रामाकपाको अघिल्लो कार्यक्रमबारे बताए। उनले मजदूर आन्दोलन बलियो बनाउन क्रामाकपा बलियो हुनु पर्छ। इलाकीय कमिटीले जनसम्पर्क व्यापक गर्नु पर्ने हुन्छ। प्रत्येक चियाकमानमा मजदूर संगठनले व्यवस्थापनसित श्रमिक हकको माग विषय तीब्र पार्नु पर्ने बताए। ट्रेड युनियनको केन्द्रीय सम्मेलन गरिनेछ जसमा मजदुरहरूको व्यापक सहभागिता गराउनु पर्छ भनि बताए। सभामा पार्टीका वरिष्ठतम नेता आरपी पाख्रीनको पनि विशेष उपस्थिति रहेको थियो।

About Author

Advertisement