मार्गरेट्स होप बस्ती गाउँमा निर्माणाधीन बाटोको सभासद नुरी शेर्पाद्वारा भ्रमण

IMG-20250417-WA0245

सोनादा: टुंग-सन्तमेरिज समष्टि अन्तर्गत मार्गरेट्स होप, बस्ती गाउँको बाटो निर्माण कार्य के कस्तो भइरहेको छ सो बारे जानकारी लिन क्षेत्रीय सभासद नुरी शेर्पाद्वारा कार्य स्थलको भ्रमणको साथ निरीक्षण गरेका छन्। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनद्वारा हालमा विभिन्न ठाउँहरुमा बुनियाँदी विकासका कार्यहरु अघि बडिरहेको क्रममा मार्गरेट्स होप क्षेत्रमा पनि बाटो निर्माणको कार्य द्रुत गतिमा चलिरहेको छ भने यसैलाई मध्यनजर राख्दै मार्गरेट्स होप बस्ती गाउँमा सभासद नुरी शेर्पाले आकस्मिक भ्रमण गर्दै बाटो निर्माण कार्यबारे जानकारी लिएका छन्। यसका साथै क्षेत्रको दीर्घकालीन समस्याको समाधान भइरहेकोमा स्थानीयहरुद्वारा खुशी प्रकट गरिएको छ भने बाटो निर्माण कार्य पनि सुचारु रूपले गुण स्तरीय रुपमा भइरहेको जानकारी सभासद नुरी शेर्पाले दिएका छन्।

About Author

Advertisement