मारवाडी युवा मञ्चको आयोजनामा खरसाङमा नि:शुल्क स्वास्थ्य जाँच र रक्तदान शिविर

IMG-20251120-WA0109

खरसाङ: मारवाडी युवा मञ्च खरसाङ अर्णव शाखा र सिलगढी शाखाको संयुक्त आयोजनामा खरसाङमा नि:शुल्क स्वास्थ्य जाँच र रक्तदान शिविरको आयोजना गरिएको छ। खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त मेघा स्वास्थ्य जाँच शिविरमा ५२६ जनाको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ। उक्त स्वास्थ्य जाँच शिविरमा स्त्री रोग विशेषज्ञ डा वर्षारानी तिग्गा, ग्रेटर लायन्स नेत्र अस्पताल सिलगढीका आँखा रोग विशेषज्ञ र टिम, साधारण रोग विशेषज्ञ र कार्डियोलाजिस्ट डा विवेक अग्रवाल उपस्थित रहेका थिए‌ शिविरमा रोगीहरुलाई एन्टी हार्ट अट्याक दबाईको किट अन्तर्गत नि:शुल्क रक्षा कवज किट प्रदान गरिएको छ।

उक्त स्वास्थ्य जाँच र रक्तदान शिविरमा जम्मा २९ जनाले स्वेच्छाले रक्तदान गरेका थिए‌। यसबाट २९ युनिट रगत सिलगढी रोटरी क्लब क्लबमा पठाइएको जानकारी प्राप्त भएको छ। यस स्वास्थ्य जाँच शिविरमा विभिन्न रोगका जम्मा १६५ जनाले स्वास्थ्य जाँच गराएका थिए। यस स्वास्थ्य जाँच शिविर र रक्तदान शिविर विषयमा पत्रकारहरुसित कुराकानी गर्दै मारवाडी युवा मञ्च अर्णव शाखाकी सचिव पायल अग्रवालले विस्तृत जानकारी गराएकी छन्।

About Author

Advertisement