माया मेमोरियल फूटबल टुर्नामेन्ट: सोरासाले ए-को जीत

IMG_20221117_224744.jpg

१७ नोभम्बरः प्रगति युथ क्लब, मिरिकको तत्त्वावधानमा आयोजित माया मेमोरियल ओपन नक्आउट फूटबल टुर्नामेण्टमा सोरासाले ए-ले रोमाञ्चक जीत हासिल गऱ्यो। मिलन नगर (मिरिक, वार्ड नम्बर ३) खेल मैदानमा बिहीवार भएको म्याचमा सोरासाले ए-ले चेंगा एफसी-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट चेतन दियालीले गोल गरे। यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement