मामरिङमा भेटियो ३० वर्षीय महिलाको शव

IMG-20241013-WA0207

गान्तोक: दक्षिण सिक्किमको मामरिङमा एकजना ३० वर्षीय महिलाको कुहिन लागेको अवस्थामा शव फेला परेको छ। मृतकलाई मूल रुपमा सोरेङ जिल्लाको गेलिङ निवासी सीता छेत्रीको रुपमा चिन्हित गरिएको छ। पुलिस सूत्रकाअनुसार महिला मामरिङमा कोठा किरायमा लिएर रहँदै आएकी थिइन् भने त्यसै बिल्डीङमा मोमो दोकान पनि चलाउथिन्। आफू किरायमा रहँदै आएको बिल्डीङको एउटा बन्द कोठामा उनको शव फेला परेको हो।
बिल्डीङ मालिककाअनुसार बिल्डीङको दुईवटा कोठा किरायमा लागेको थिएन। ती मध्ये एउटा कोठाबाट दुर्गन्ध आउन थालेपछि कोठा खोलेर हेर्दा सीता छेत्रीको शव फेला परेको हो जुन कुहिन लागेको अवस्थामा थियो। पुलिस सूत्रले थप जानकारी गराए अनुसार शवको एउटा हातको नाड़ीमा काटेको दाग थियो भने छेवैमा एउटा ब्लेडको टुर्का पनि थियो।
नाम्ची पुलिसले भारतीय नागरिक सुरक्षा संहिताको धारा १९४ अन्तर्गत मामिला दर्ता गरेर घटनाको जाँच आरम्भ गरेको छ।

About Author

Advertisement