मामरिङमा खम्बु राईहरूद्वारा साकेला (उँधौली) पर्व पालन

IMG-20231230-WA0189.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ ग्राम पञ्चायत दुईको मामरिङ “तोसु युङखुली माङ्खिम “परिसरमा “किराँती (खम्बु)राई कल्याण समितिको आयोजनामा साकेला(उँधौली)पर्व पालन गरियो। यस साकेला पर्वमा विशिष्ट अतिथिको रूपमा सिटोङ दुई ग्राम पञ्चायत प्रधान समीर छेत्री उपस्थित रहेका थिए भने प्रमुख अतिथिको रूपमा समाजसेवी बिक्रम राई उपस्थित थिए। यस साकेला (उँधौली) पूजा माङपा प्रेमकुमार दुमीले विधिवत रूपमा सम्पन्न गरेका थिए भने यस पर्वमा अन्य ठाउँहरू तुर्योक, महल्दिराम, मालुटार, दिलाराम, लाब्दा, मङ्पु, माना, सोनादा, रङ्बुल, एमएम तराई साथै सिक्किमबाट पनि खम्बु राईहरूको उपस्थित रहेको थियो।
यस पर्वमा नानीहरूद्वारा सुन्दर सिली नृत्यहरू पनि प्रस्तुत गरेका थिए भने स्व बिशाल खम्बु राई (अखिल भारतीय किराँती( खम्बु )राई संस्थाका संस्थापक) को संस्मरणमा एक मिनटको मौन धारण पनि गरियो।
साकेला (उँधौली)पर्व कार्यक्रमको सञ्चालन तोसु युङखुली माङ्खिम परिवारका सचिव सञ्जय राईले गरेका थिए भने स्वागत सम्भाषण संयोजक सागर राईले राखेका थिए। यसको साथै माङ्खिमका सल्लाहकार प्रेमचन्द्र साङपाङले पनि सम्भाषण राखेका थिए। यसको साथै कार्यक्रममा विशिष्ट अतिथि समीर छेत्री, प्रमुख अतिथि बिक्रम राई, प्रेम कुमार चामलिङ, असीम राई, सरत राईले पनि सम्बोधन गरेका थिए। कार्यक्रमको अन्त्यमा माङ्खिम परिवारका सभापति बसन साङपाङले हाम्रो खम्बुहरूको संस्कृति र परम्परालाई जगेरा गर्न हामी सम्पूर्ण खम्बुहरू एकबद्ध हुनुपर्छ भनी बताएका छन्। उनले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका थिए। यसै कार्यक्रममा माङ्खिमको निम्ति आफ्नो माता पिताको नाममा जमीन दान गर्ने श्रीधोज राईको परिवारलाई सम्बर्ध्दना जनाइएको छ। त्यसरी नै उक्त अवसरमा किराँती खम्बु राईहरूको लागि मरिमेट्ने र धेरै कार्यहरू गरेकोमा स्व विशाल खम्बु राईको परिवारलाई पनि सम्बर्ध्दना जनाइएको छ। यसै अवसरमा सिटोङका सामाजिक अभियन्ता बिक्रम राईलाई पनि सम्बर्ध्दना जनाइएको थियो। कार्यक्रममा आफ्नो क्षेत्रबाट माङ्खिमलाई सहयोग गर्नेहरूलाई मायाको चिन्ह्र पनि प्रदान गरियो भनी सागर राईले जानकारी दिएका छन्।

About Author

Advertisement