मानेभञ्ज्याङ क्षेत्रमा निःशुल्क स्वस्थ्य जाँचसहित रक्तदान शिविर सम्पन्न

IMG-20250517-WA0189

बिजनबारी: वन विभाग दार्जीलिङ डिभिजन टङ्लु रेञ्ज मानेभञ्ज्याङको आयोजनामा नि:शुल्क स्वस्थ्य जाँचसहित रक्तदान शिविरको आयोजन गरिएको छ। टङ्लु रेञ्ज मानेभञ्ज्याङ अनि वेस्ट बंगाल ह्युमन वेलफेयर एण्ड नेचर अर्गनाइजेशनको संयुक्त आयोजनामा नि:शुल्क स्वस्थ्य जाँच, रक्तदान अनि थेलेसिमिया रोग सम्बन्धित जनचेतना शिविरको आयोजन भएको छ। दार्जीलिङ डिभिजन डीएफओ जनब सेख फरिदको प्रमुख आतिथ्यमा सम्पन्न शिविरमा टङ्लु मानेभञ्ज्याङ रेञ्ज आरओ दिगन्त मैतीको उपस्थिति रहेको थियो भने डा. राधाकृष्णन उच्चत्तर माध्यमिक विद्यालयको प्रधानाध्यापक प्रेमकुमार राई, मजुवा ग्राम प्रधान रोगेन वाङ्दी लेप्चा लगायत अन्यहरूको उपस्थिति रहेको शिविरमा निःशुल्क स्वस्थ्य जाँचहरूमा आँखा, दाँत अनि थेलेसिमिया सम्बन्धित रक्त जाँचसंगै ३० जनाले रक्तदान दिएका छन्। यसैगरी २ सयभन्दा अधिकले थेलेसिमिया सम्बन्धित रक्त जाँच गरे भने थलसमिया रोग के हो? कसरी बाँच्न सकिन्छ? भन्ने विषयमा जनचेतनामूलक शिविरमा जनसाधारण धेरैजनाले भाग लिएका थिए। यस शिविरमा नर्थ बंगाल सिलगढीबाट विशेष डाक्टरहरूको उपस्थिति रहेको र स्थानीय मजुवा उप स्वास्थ्य केन्द्र सीएचओ विजया सिंह, एएनएम, आइसीडीएस, आशा कर्मीहरूले सहयोग पुराएका थिए। टङ्लु रेञ्ज मानेभञ्ज्याङ, डा. राधाकृष्णन उच्चत्तर माध्यमिक विद्यालय अनि मजुवा ग्राम पञ्चायतको संयुक्त प्रयासमा भएको उक्त स्वस्थ्य जाँच शिविरमा स्थानीय वासीहरूले लाभ उठाएको जानकारी प्राप्त भएको छ।

मजुवा ग्रामको किराँत संघ भवन र डा.राधाकृष्णन उच्चत्तर माध्यमिक विद्यालय परिसरमा कार्यक्रम आयोजना गरेर क्षेत्रवासीहरूलाई सहयोग गरेकोमा डा. राधाकृष्णन उच्चत्तर माध्यमिक विद्यालयको प्रधानाध्यापक राईले वन विभागप्रति आभार जनाएका छन्। यस शिविरमा सहयोग गर्ने सम्पूर्णलाई आरओ मैतीले कृतज्ञता प्रकट गरेका छन्।

About Author

Advertisement