मानसिक स्वास्थ्य र स्वच्छतामाथि एक सचेतना कार्यक्रम

n6122934901716826404835fba1f53e51bf61b6e9557494ce89a53673d15b3c24a14146ed1335f9a24b7fca.jpg

गान्तोक: सुलभ सेनिटेसन क्लब र अल्केम फाउण्डेसन अनि राज्य सरकारको शिक्षा विभागको सहयोगमा मानसिक स्वास्थ्य र स्वच्छतामाथि एक सचेतना कार्यक्रम आयोजना गरियो। देउराली कन्या विद्यालयको प्रेक्षागृहमा आयोजित कार्यक्रममा सोही विद्यालयकी उप प्रचार्य कर्मा डोमा भोटिया लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

यस कार्यशालाको उद्देश्य युवतीहरूलाई गलत धारणाहरू हटाएर सशक्तिकरण गर्न, साथै थप सेनेटरी महिनावारी स्वच्छता अभ्यासहरूलाई प्रोत्साहित गर्न महिनावारी स्वच्छता जागरूकता कार्यक्रमको विकास गर्नु थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै चुन्साङ लेप्चाले मुख्यत महिनावारी सरसफाईको कमीले स्वास्थ्यमा पर्ने असरबारे ध्यान केन्द्रि केन्द्रित गराए। यो विचार राम्रो सरसफाई अभ्यासहरुसँग स्वास्थ्य सुधार गर्नको लागि थियो, आत्म-सम्मान जगाउन र राज्यका किशोरी र महिलाहरुको सशक्तिकरणको लागी मासिक धर्मबारे जागरूक गराए।

सोही प्रकारले शिक्षा विभागका अधिकारी सीके शर्माले आफ्नो सम्बोधनमा महिलाहरूमा सरसफाइको विकास र महिनावारीलाई लिएर गरिने भेदभावबाट बाहिर निस्केर काम गर्नुपर्ने सुझाउ दिए। त्यसैगरी माध्यमिक र उच्च माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई शतप्रतिशत निःशुल्क र सुरक्षित सेनेटरी प्याड उपलब्ध गराउने बाहिनी योजनाबारेमा जानकारी दिए।

About Author

Advertisement