मानव उत्थान सेवा समितिद्वारा एक्ट अफ काइण्डनेस कार्यक्रम  सम्पन्न

IMG-20250115-WA0237

सिलगढी: मानव धर्मका प्रनेता सद्गुरुदेव श्री सतपालजी महाराजजीको प्रेरणामा मानव उत्थान सेवा समिति केन्द्रीय कार्यालय दिल्लीको विशेष निर्देशनमा गत १ जनवरीदेखि १४ जनवरीसम्म सम्पन्न भइरहेको देशव्यापी एक्ट अफ काइण्डनेस कार्यक्रम अन्तर्गत विशेषगरी गरीबी रेखादेखि मुन्निलो स्तरमा जीवन यापन गरिरहेका देशभरिका वृद्ध- वृद्धा मानिसहरू लगायत साना-साना बाल बालिकाहरुलाई अहिलेको ठण्डाको प्रकोपदेखि बाँच्न अनि बचाउनलाई उनीहरुलाई न्यान्यो कम्बल, वस्त्रादिदेखि लिएर खाद्य सामग्रीहरू   भोजन  निःशुल्क वितरण गर्ने कार्य योजनालाई शिरोपर गर्दै मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्र अन्तर्गत दार्जीलिङ, सिक्किम , डुवर्स र भुटान मण्डलमा रहेका समिति एवं मानव सेवा दलका सम्पुर्ण  तहसिल तथा जिल्ला समितिहरुले एक्ट अफ काइण्डनेस कार्यक्रम माघे संक्रान्तिको उपलक्ष्यमा गत १४ जनवरीको दिन  विभिन्न स्थानहरूमा भव्यताका साथ सम्पन्न  गरेका थिए।

उक्त  विभिन्न क्षेत्रमा रहेका मानव उत्थान सेवा समितिका तहसिल तथा जिल्ला समितिहरूले आ-आफ्ना क्षेत्रमा रहेका वृद्धाश्रमहरु, अनाथलयहरू लगायत अन्य सार्वजनिक स्थलहरूमा यस्ता कार्यक्रमहरु आयोजना गरी गरिबी रेखादेखि मुनि रहेका मानिसहरुलाई कम्बल, अङ्गवस्त्र, भोजन लगायत खाद्य सामग्रीहरू वितरण गरेर मानव सेवा नै माधव सेवाको उदाहरण प्रस्तुत गरेका छन्। यसरी मानव सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रका  विभिन्न तहसिल तथा जिल्ला समितिहरुले समितिको केन्द्रीय समितिको निर्देशनलाई तथा परमपूज्य सद्गुरुदेव श्री सतपालज महाराजजीको आज्ञालाई शिरोपर गरी यसरी कार्यक्रम सम्पन्न गरेकोमा मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रकी अध्यक्ष महात्मा दीपिका बाइजी, मूल सचिव प्रकाश हाङखिम, मानव सेवा दलका प्रान्तपालद्वय भीमप्रकाश राई र हेमराज गुरुङले सम्पूर्ण तहसिल प्रभारी सन्त महात्मा बाइजीहरू लगायत समिति, सेवादल आध्यात्मिक युवा संगठन र  बाल सभाका विभिन्न तहका सहभागी कार्यकर्तागण एवं सहयोगी प्रेमी सज्जनवृन्दलाई हार्दिक धन्यवाद अर्पण गरेका छन्।

मानव उत्थान  सेवा समितिले यसरी आध्यात्मिक जागृतिका कार्यक्रमहरूसँगै मानव सेवामूलक सामाजिक सेवा कार्यहरू पनि सम्पन्न गर्ने गरेकोमा सबै वर्गका मानिसहरूले सद्गुरुदेव श्री सतपालजी महाराज लगायत मानव उत्थान सेवा समिति, मानव सेवा दल आदिको प्रशंसा गरेका छन् भनी समितिका प्रचारप्रसार सचिव  मेघनाथ छेत्रीले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

About Author

Advertisement