मानव उत्थान सेवा समितिद्वारा रक्तदान शिविर संचालन

IMG-20240717-WA0003

गान्तोक: मानव उत्थान सेवा समिति, उत्तर पूर्वाञ्चल क्षेत्र, सिलगढीको तत्वावधानमा शनिवार वृहत रक्तदान शिविर सम्पन् भएको छ। आगामी ३१ दिसम्बर, २०२४र ०१ जनवरी, २०२५ द्विदिवसीय विराट सद्भावना सम्मेलनको अवसरमा सामाजिक सेवाका लागि उत्तर बङ्गाल मेडिकल कलेज र आरबीटीसी अस्पताल ब्लड सेन्टरबाट डा. राजकुमार सिंह तथा उनको चिकित्सा टोलीसंगको समन्वयमा स्वास्थ्य परिक्षण र रक्तदान शिविर सम्पन्न भएको छ।
उक्त रक्तदान शिविरमा विभिन्न स्थानहरु सिक्किम राज्य, छिमेकी पहाड दार्जिलिङ, तराई डुवर्स, सिलगढी र छिमेकी देश भोटाङ र नेपालका कूल ६५ जना युवा रक्तदाताले आफ्नो अमूल्य रक्तदान गरे। यस मानवीय सेवामा महात्मा पुष्पवती बाईजी, महात्मा कृतिका बाईजी, महात्मा अनिता बाईजीले पनि रक्तदान गरे।
समितिद्वारा अन्य पर्वहरुमा अथवा आवश्यक परेको अबस्थामा रक्तदान महादानको नारालाई आत्मसात गरी वर्षेनी रूपमा रक्तदान गर्दै आएको छ भने यसका अतिरिक्त अन्य सामाजिक सेवाहरु पनि गर्ने बताए। रक्तदान महादान कार्य आरम्भ गर्नु अघि उत्तर पूर्वाञ्चल क्षेत्रकी अध्यक्ष महात्मा दीपिका बाईजीले आशीर्वचन र सन्त महात्मागण, कार्यकर्तागणको समुपस्थितिमा चिकित्सा टोलीलाई खदार्पण र स्वागत अभिनन्दन गरिएको छ।
उक्त शिविरमा डा. सिंह बाहेक गोकुल सिंह, रबिजीत साहा, राजेश मिन्ज, लेलिन्दर मल्लिक र रबिन्द्रनाथ रोय सहयोगीको रूपमा उपस्थित थिए। समितिको पक्षबाट प्रान्तपाल भीम प्रकाश राई, मूल सचिव प्रकाश हाङ्खिम, उपाध्यक्ष दिपक राई तथा अन्य कार्यकर्ताहरु विशेष रूपमा उपस्थित थिए। शिविरको अन्तमा समितिप्रति आभार प्रकट गर्दै डा. राज कुमार सिंहले यस महत कार्यको सराहना गर्दै खुशी व्यक्त गरेका छन्।

About Author

Advertisement