मानव उत्थान सेवा समितिको जिल्लास्तरीय सफाई अभियान

IMG-20250208-WA0255

पाकिम: मानव उत्थान सेवा समिति पाकिम जिल्लाअन्तर्गत नाम्चेबुङ्गस्थित नवनिर्मित मानव धर्म मन्दिर एवं ध्यान केन्द्रमा आज सफाई गरियो। गान्तोक एवं रम्फू तहसीलको सक्रियतामा जिल्ला स्तरीय सफाई अभियान सम्पन्न भएको हो। मानव धर्म मन्दिर एवं ध्यान केन्द्रको उदघाटन गए वर्ष ५ मार्चको दिन राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ साथै मानव उत्थान सेवा समिति तथा मानव धर्म प्रणेता श्री सतपालजी महाराजको उपस्थितिमा भएको थियो। मुख्यमंत्रीको दिशा निर्देशनमा तयार भएको यो मन्दिर पाकिम जिल्लाअन्तर्गत नाम्चेबुङ्गको आकर्षणको केन्द्र भएको छ।मानव उत्थान सेवा समिति सिक्किम राज्यले पूर्ण रुपमा यसको संरक्षण,सुरक्षा र सफाई अनि रखरखाउमाथि ध्यान दिनेछ। गान्तोक तहसील प्रभारी महात्मा निलम्बरी बाईजीले सफाई अभियानको अवसरमा जानकारी गराइन।यसरी नै मानव धर्म मन्दिर तथा ध्यान केन्द्रमा भविष्यमा अन्य ईश्वर अनुरागीहरूको निम्ति धार्मिक अनुष्ठान, शुद्ध सहकारी शुभ विवाह,व्रत वन्धन, धार्मिक सभा, शिविरहरू पनि आयोजन गर्न सकिने भएको छ। यसको विषयमा चाड़ै सभा बसेर नियमावली बनाएर यसलाई प्रयोग गरिने मानव उत्थान सेवा समिति सिक्किम राज्य समिति अध्यक्ष पूर्ण योञ्जनले जानकारी गराए। यसरी नै समितिले उत्तर पूर्वाञ्चल क्षेत्रभित्रका अध्यक्ष बाईजी लगायत सम्पूर्ण सन्त-महात्मागण मात्रलाई लिएर आगामी २१ फरवरीदेखि २३ फरवरीसम्म तीन दिवसीय ध्यान-साधना शिविरको आयोजनगर्ने तयारी गरेको छ। उदघाटन पछि यो प्रथम कार्यक्रम रहेको छ। यहाँदेखि पूर्ण संचालनमा आउने पनि अध्यक्ष पूर्ण योञ्जनले जानकारी गराए। आजको यस सफाई अभियानमा गान्तोक तहसील प्रभारी महात्मा निलम्बरी बाईजी, रम्फू तहसील प्रभारी महात्मा सरला बाईजी, महात्मा बिन्द्रा बाईजी, महात्मा सुशीला बाईजी, सिक्किम राज्य समिति अध्यक्ष पूर्ण योञ्जन, सिक्किम राज्य समिति मूल सचिव सीके प्रधान, सिक्किम मण्डल प्रमुख प्रवीण गुरूङलगायत समिति, मानव सेवादल, युवा प्रकोष्ठ, बाल सभाका नानीहरुले सक्रिय रुपमा भाग लिएका थिए।

About Author

Advertisement