कालचिनी: अलिपुरद्वारको एक गैर राजनैतिक संस्था मानविक मुखको आयोजनामा आज अलिपुरद्वारको एउटा गैर सरकारी होटलमा सम्पन्न रक्तदान शिविरमा प्रायः ३५० यूनिट रक्त सङ्ग्रह गरेर अलिपुरद्वार ब्लड ब्याङ्कमा जमा गरिएको जानकारी सो संस्थाको पक्षबाट समाजकर्मी रातुल विश्वासले दिएका छन्।
आज उक्त रक्तदान शिविरको उद्घाटन समारोहमा डुवर्स जिल्ला परिषदको सभाधिपति शीला दास सरकार, अलिपुरद्वार नगरपालिका पार्षद दीप्त च्याटर्जी, एसजेडीए चेयरम्यान सौरभ चक्रवर्ती, मानविक मुखको सचिव डा. पार्थ साहा आदिको उपस्थिति रहेको थियो।









