माध्यमिक र उच्चमाध्यमिक परीक्षामा सफल विद्यार्थीहरूलाई सम्मान

bfb4a859-79f1-42ad-a7ce-569f16a3167d

कालचिनीः कालचिनी खण्डको गंगुटिया चियाबारीमा सोमबार गंगुटिया नव युवा संघको आयोजनामा सो गाउँका माध्यमिक र उच्चमाध्यमिक परीक्षामा सफल विद्यार्थीहरूलाई सकारात्मक उत्साह प्रदान गर्ने उद्देश्य लिएर सफलिभूत परीक्षार्थीहरूलाई सम्मान स्वरूप स्मृति चिन्ह प्रदान गरिएको नव युवा संघको सचिव सबुत थापाले जनाएका छन्। उक्त अवसरमा गाउँले समाजसेवीहरू बिशुन मुन्डा, प्रदिप लामा (अदालत कर्मचारी), अनूप थापा, दिवश राणा मंगर, चन्द्रबहादुर मंगर, रत्नबहादुर मंगर एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
विशेषगरी परिवेश संरक्षण दिवसवाई ध्यानमा राखेर एवम् विद्यार्थीहरूलाई भविष्यमा अझै अब्बल परिणाम ल्याएर पास गर्न प्रोत्साहित गर्नलाई यो कार्यक्रमको आयोजना गरीएको नव युवा संघको अध्यक्ष सञ्जय लामा, सचिव सबुत थापा र कोषाध्याक्ष सुभाष मंगरले थप जनाएका छन्। गंगुटिया चियाबारी गाउँबाट मात्र सीबीएसई, आईसीएससी, आईएससी, बङ्गाल बोर्ड, आदिबाट १४ जना प्रथम श्रेणीमा उत्तीर्ण विद्यार्थीहरूलाई नव युवा संघको पक्षबाट सम्वर्द्धना प्रदान गरिएको बताईएको छ।

About Author

Advertisement