माध्यमिक अनि उच्च माध्यमिक उतीर्णहरूलाई सम्मान

कालचिनी। यस बर्षको माध्यामिक अनि उच्च माध्यमिक परीक्षामा जम्मा २१ जना ब्लक टपरहरूलाई आज कालचिनी पञ्चायत समितिको पक्षबाट सम्मान प्रदान गरिएको जानकारी कालचिनी पञ्चायत समितिको चेयरम्यान अरुणा परियारले दिएकी छन्। माध्यमिक एवम् उच्च माध्यमिक परीक्षामा राम्रो परिणाम गरेर कालचिनी ब्लक टपरमा नाम दर्ता भएकाहरूलाई आज प्रोत्साहन स्वरूप सो सम्मान प्रदान गरिएको र यसले ती विद्यार्थीहरूले भविष्यमा अझै राम्रो सुनाम गर्ने प्रेरणा पाउने एवम् अन्य विद्यार्थीहरूले पनि उत्साह पाउने उद्देश्यले यो सम्मान प्रदान गरिएको चेयरम्यान अरुणा परियारले बताएकी छन्।

About Author

Advertisement