मादक पदार्थ तस्करी मामिलाको मास्टरमाइन्ड मेरी सोरेन पक्राउ

00-1-Chhetriya-Samachar-5

सिलगढी: १० करोड रुपियाँको मादक पदार्थ तस्करी मामिलामा पुलिसले महिला मास्टरमाइन्ड मेरी सोरेनलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। स्मरण रहोस्, गत १६ अगस्तमा भक्ति नगर थाना पुलिस तथा एसओजीले इस्टर्न बाइपास संलग्नस्थित पेट्रोल पम्प नजिक संयुक्त अभियान चलाएर मालदाबाट सिलगढीतर्फ आइरहेको एउटा पिकअप भ्यानबाट १० करोड रुपियाँ मूल्यको ४ किलो ८१२ ग्राम ब्राउन सुगर सहित रशीद शेख, दुर्गा सोरेन र प्रदीप मुण्डालाई पक्राउ गरेको थियो। रशीद शेख मालदा निवासी हुन् भने दुर्गा सोरेन र प्रदीप मुण्डा खोरीबारी निवासी हुन्। पुलिसले पक्रा परेका ३ जनालाई अदालतमा पेश गरेपछि पुलिस रिमान्डमा लिएर सोधखोज गर्दा मास्टर माइन्ड मेरी सोरेनको नाम अघि आयो। भक्ति नगर थाना पुलिसले हिजो सालुगढा संलग्न इलाकाबाट मेरी सोरेनलाई पक्राउ गरेको छ। मेरी सोरेनले नक्सलबारी, खोरीबारी, पानीट्याङ्की इलाकामा मादक पदार्थको व्यवसाय चलाउने गर्थिन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार मेरी सोरेनले मालदाबाट मादक पदार्थ मगाउने गर्थिन्। यसभन्दा अघि पनि मेरी सोरेनलाई पुलिसले पक्राउ गरेको थियो भने केही महिना अघि मात्र तिनी जमानतमा रिहा भएकी थिइन्। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

Advertisement