माझीधुरा वन क्षेत्रमा पहिलो अन्तर्राष्ट्रिय सालामाण्डर दिवस पालन

IMG-20260328-WA0090

सुकेपोखरी: सुकेपोखरीस्थित माझीधुरा वन क्षेत्रमा सालामाण्डर इनिसियटिभ सुकेपोखरीको आयोजनामा डब्लुडब्लुएफ तथा स्थानीय समुदायको सहकार्यमा पहिलो पटक अन्तर्राष्ट्रिय सालामाण्डर दिवस सफलतापूर्वक सम्पन्न गरिएको छ। कार्यक्रम दुई चरणमा समपन्न गरिएको थियो। पहिलो चरणमा जनचेतनामूलक कार्यक्रम आयोजना गरियो जसमा स्थानीय समुदाय, सरोकारवाला निकाय तथा कलेजका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। उक्त अवसरमा एसआईएस का प्रतिनिधि फुर्बा छिरिङ शेर्पा र टाशी डेन्डुप भुटिया साथै डब्लुडब्लुएफका परामर्शदाता डाक्टर बर्खा सुब्बाले माझीधुरा वनको पारिस्थितिक महत्व तथा हिमालयन सालामाण्डरको वासस्थान संरक्षणको आवश्यकताबारे प्रकाश पारेका थिए। दोस्रो चरणमा एसआईएस टोली, वन विभागका कर्मचारी तथा समुदायका प्रतिनिधिहरूको संयुक्त पहलमा हिमालयन सालामाण्डरको वासस्थान सम्बन्धी जानकारीमूलक सूचना बोर्ड स्थापना गरिएको थियो। उक्त बोर्डले स्थानीय बासिन्दा तथा पर्यटकहरूलाई संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। कार्यक्रममा समुदायका सदस्यहरू स्वस्तिका शेर्पा, पाल्देन शेर्पा, स्वदीप तामाङ, सोअम तामाङ र सेखर सुब्बा लगायत अन्यहरु उपस्थिति रहेको थियो।
यस कार्यक्रमले समुदायमा आधारित संरक्षण प्रयासलाई थप सुदृढ बनाउँदै वातावरणीय सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

About Author

Advertisement