माङसिलामा शुरू भयो दुई दिवसीय सिटी लीग

IMG-20250331-WA0319

गान्तोक: खेलो इण्डिया सेन्टरको पहलमा आजदेखि मंगन जिल्लाको माङसिलामा दुई दिवसीय सिटी लिग शुरू भयो। राज्य सरकारको खेलकुद एवं युवा मामिला विभागद्वारा आयोजना गरिएको यस प्रतियोगिताको मुख्य उद्देश्य महिलाहरूलाई खेलकुदको क्षेत्रमा अघि बढाउनको साथै प्रतिस्पर्धात्मक अनुभव प्रदान गर्नु रहेको छ।
आजको उदघाटन कार्यक्रममा सिक्किम राज्य महिला आयोगकी पूर्व अध्यक्ष छुङ किपु लेप्चा प्रमुख अतिथिको रूपमा उपस्थित थिइन्। कार्यक्रमलाई सम्बोधन गर्दै श्रीमती लेप्चाले शारीरिक र मानसिक स्वास्थ्य कायम राख्न खेलकुदको महत्त्वमाथि प्रकाश पार्दै माङसिलामा खेलकूद अनुशासनको रूपमा बक्सिङ कसरी शुरू भयो भन्नेबारे प्रकाश पारिन्। उनले अनुशासनसहितको खेलले व्यक्तिहरूलाई आफ्नो लक्ष्य हासिल गर्न प्लेटफर्म मञ्च प्रदान गर्न सक्ने बताइन्।
खेलकूदको क्षेत्रमा महिलाहरूलाई सशक्तिकरण गर्न यस प्रकारको पहल शुरू गरेकोमा खेलो इन्डिया र खेलकूद तथा युवा मामिला विभागप्रति श्रीमती लेप्चाले कृतज्ञता व्यक्त गरिन्। सोही प्रकारले एसवाईएका संयुक्त निर्देशक जानिम लेप्चाले आफ्नो सम्बोधनमा महिलाहरूलाई खेलकुदको क्षेत्रमा अवसर प्रदान गर्नको साथै बक्सिङमा प्रोत्साहित गर्न प्रतिवद्ध रहेको बताइन्।

About Author

Advertisement