माघे मेला २०२६ साझा गर्न पाउनु खुशीको कुरा: मुख्यमन्त्री

FB_IMG_1769001848041

गान्ताेक: जोरेथाङमा आयोजित माघे मेला २०२६ मा सहभागी हुन पाउनु र यस आनन्दमय तथा सांस्कृतिक रूपमा अत्यन्त महत्वपूर्ण अवसरलाई जनतासँग साझा गर्न पाउनु सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङको लागि अत्यन्तै खुशीको कुरा थियो।
यसबारेमा सामाजिक संजाल मार्फत मुख्यमन्त्रीले उनको सम्बोधनमा माघे मेला वास्तवमै सिक्किमका जनताको पर्व हो र प्रत्येक वर्ष यसको बढ्दो स्वरूपले यससँग जोडिएको जनस्वामित्व र गौरवको गहिरो भावना झल्काउँछ भन्ने कुरा उल्लेख गरे।
मुख्यमन्त्रीले पुनः स्पष्ट पारे कि माघे मेलाले सामाजिक सद्भाव, अनुशासन, समावेशिता र परम्पराप्रति सम्मानको महत्वपूर्ण सन्देश बोकेको छ र नै प्रगति र आत्मविश्वासलाई प्रोत्साहित गर्छ साथै यस्ता पर्वहरूले मानवीय सम्बन्ध बलियो बनाउन र सामुदायिक बन्धन सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्छन्।
सरकारको दृष्टिकोणलाई उजागर गर्दै मुख्यमन्त्रीले भने, ‘संस्कृति सजावट होइन, विकास हो। मेला र पर्वहरूको प्रवर्द्धन मार्फत हामी जीविकोपार्जन र स्थानीय उद्यमलाई पनि प्रोत्साहन गर्छौँ। कारीगर, कलाकार, खाना विक्रेता, उद्यमी, ट्याक्सी चालक, होमस्टे सञ्चालक तथा साना व्यवसायहरू लाभान्वित हुन्छन्, जसले जीवन्त र दिगो स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउँछ।
उनले सिक्किम सरकारको दृष्टि स्पष्ट, विचारमा आधुनिक, आत्मामा परम्परागत रहेको जनाए भने हाम्रो भाषा, परम्परा र सांस्कृतिक मूल्यहरूको संरक्षणप्रति प्रतिबद्ध छौँ भने। साथै सिक्किमको विशिष्ट पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको बताए। मुख्यमन्त्रीले संस्कृति ‘सफ्ट पावर’ पनि हो, जसले प्रतिष्ठा सुदृढ गर्छ र दीर्घकालीन अवसरहरू सिर्जना गर्छ भनि व्यक्त गरे।


मुख्यमन्त्रीले जानकारी गराए कि हालै सिक्किम प्रहरीलाई उत्कृष्ट सेवाको कदरस्वरूप प्रतिष्ठित राष्ट्रपति प्रहरी निशान प्रदान गरिएको छ। यस सम्मानले, अन्य मापदण्डसँगै, सिक्किमको शान्त राज्यको छवि, स्मार्ट र जनमैत्री प्रहरी व्यवस्था, उत्कृष्ट ट्राफिक व्यवस्थापन, प्रभावकारी पर्यटक तथा सार्वजनिक प्रहरी सेवा आदिलाई प्रतिबिम्बित गर्छ।
उनले विशेष गरी युवाहरुलाई, आफ्नाे जरा र पहिचानप्रति गर्व गर्न, स्थानीय प्रतिभालाई समर्थन गर्न र स्थानीय उत्पादन रोज्न आग्रह गरे, किनकि स्थानीय शक्ति नै अन्ततः वैश्विक शक्ति बन्छ भन्ने उनको अवधारणा रहेको छ।


यसरी नै अन्तमा माघे मेला २०२६ लाई स्मरणीय र सफल उत्सव बनाउन योगदान पुर्‍याउनु हुने आयोजक समिति, कलाकार, कारीगर, अधिकारी, स्वयंसेवक, स्थानीय समुदाय तथा सञ्चारमाध्यमप्रति मुख्यमन्त्रीले हार्दिक धन्यवाद तथा प्रशंसा व्यक्त गरे।

About Author

Advertisement