मंगन: मंगन जिल्लाको मागसिला ग्राम पञ्चायत अन्तर्गत जुशिथाङ र रालाक वार्डमा गएको पैह्रौको जायजा लिन मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्री, महकुमा अधिकारी प्रकाश राई लगायत अन्य अधिकारीहरूले भ्रमण गरे। निरीक्षणको क्रममा टोलीले पैह्रौले गरेको क्षतिबारे मूल्याङकन गर्दै काउले डाँडादेखि सिबु खोल्सासम्मका गाउँको अवस्था जोखिमपूर्ण रहेको घोषणा गरिएको छ। उक्त गाउँको अवस्थालाई ध्यानमा राख्दै त्रिपल उपलब्ध गराइयो। सो गाउँको दसवटा घरलाई सबै भन्दा अधिक खतरा रहेको बताउँदै जिल्ला पञ्चात भवनमा सुरक्षित स्थान्तरण गरिएको छ। निरीक्षणको क्रममा वन विभाग मन्त्री पिन्छो नामग्याल लेप्चा स्वयम पनि सामेल रहेका थिए।









