माउसेस-की नवनियुक्त पूर्वाञ्चल प्रभारी दीपिका बाईजीको सिक्किम भ्रमण समाप्त

IMG-20240527-WA0292.jpg

गान्तोक: मानव उत्थान सेवा समिति पूर्वाञ्चल क्षेत्रकी नवनियुक्त प्रभारी महात्मा दीपिका बाईजीको सिक्किम राज्य भ्रमण आइतबार राजधानीको तिब्बत पथस्थित सम्भाला आश्रममा एउटा आध्यात्मिक कार्यक्रमको साथ भयो सम्पन्न। गत १६ मईदेखि राज्यका विभिन्न तहसीलको भ्रमणमा थिइन् महात्मा दीपिका बाईजी। पश्चिम बङ्गालको कालेबुङ जिल्लाअन्तर्गत गोरुबथानको मिशन हील टी गार्डनमा जन्मेकी बाईजी दीपिकाले लामो समयदेखि मानव उत्थान सेवा समितिमा आवद्ध भएर आध्यात्मिकताको प्रचार र मानव जातिको सेवा गर्दै आएकी छन्।

कार्यक्रमको दोस्रो चरणमा उत्तर पूर्वाञ्चल क्षेत्र प्रभारी महात्मा दीपिका बाईजीको अध्यक्षमा सिक्किम राज्यलाई लिएर समीक्षा सभा सम्पन्न भएको थियो। यो सभालाई सर्वप्रथम गान्तोक तहसील प्रभारी महात्मा निलम्बरी बाईजीले उद्बोधन बिचार राखेकी थिईन भने पूर्व सिक्किम जिल्ला प्रधान बाल कुमारी प्रधान,उत्तर सिक्किम जिल्ला प्रधान शान्ता तामाङ,सिक्किम राज्य प्रचार सचिव सूर्य कुमार गिरी,कोषाध्यक्ष भरत कुमार प्रधान(सिक्किम),मूल सचिव सी के प्रधान,सिक्किम मंडल प्रमुख प्रवीण गुरुङ,सिक्किम राज्य समिति अध्यक्ष पूर्ण योञ्जन,उत्तर पूर्वाञ्चल क्षेत्र उपाध्यक्ष दीपक राई,प्रान्तपाल भीम प्रकाश राई,मानव सेवादल राष्ट्रीय सचिव आर बी भण्डारीले पनि सभालाई सम्बोधन गरेका थिए।यो भ्रमण साथै समीक्षा सभामा सिक्किम राज्यको तहसील प्रभारी सन्त-महात्मागण,कार्यकर्ता लगायत प्रेमी भक्तसमाजको बाक्लो उपस्थिति रहेको थियो।

About Author

Advertisement