माउसेसद्वारा १४ दिनमा देशभरि दुइलाख विरूवा रोपियो

Manav_Dharam_Manav_Utthan_Sewa_Samiti.jpg

म्फू: मानव उत्थान सेवा समिति तथा मानव धर्मका प्रणेता सदगुरुदेव सतपालजी महाराजको आज्ञा तथा विशेष दिशा निर्देशनमा १० जुलाईदेखि २४ जुलाईदेखि शुरू गरिएको विरूवा रोपन कार्यक्रमको आज समापन भयो। भारत देशभरि विभिन्न राज्यका समितिका प्रत्येक तहसीलहरूद्वारा विभिन्न प्रजातिका बिरुवा,हर्बल र जड़ीबूटी गरि जम्मा दुई लाख भन्दावेसी बिरुवा रोप्ने संकल्प आज आएर पूरा भयो।

मानव उत्थान सेवा समितिद्वारा आयोजित १४ दिवसीय विरूवा रोपण कार्यक्रम भारत वर्षको प्रत्येक तहसीलहरुमा प्रभारी संत -महात्मागणको विशेष उपस्थितिमा सम्पन्न भयो। यता सिक्किम राज्यले पनि १० जुलाईदेखि २४ जुलाईसम्मको श्री गुरुमहाराजजीको दिशा निर्देशन र आज्ञालाई पालन गर्दै सिक्किम राज्यको छ जिल्लाहरुको नवौं तहसीलहरु प्रत्येक शाखाद्वारा संत-महात्मागणको विशेष उस्थितिमा विभिन्न प्रजातिका रुखका विरुवा रोपियो।

About Author

Advertisement