माउसेसद्वारा सेवा कार्यमा सक्रिय विभिन्न स्कूल अभिनन्दित

IMG-20250914-WA0162

सत्य कर्मले मानव जीवनलाई पहिचान दिनेछः मन्त्री उप्रेती

गान्तोक: मानव उत्थान सेवा समिति सिक्किम राज्यअन्तर्गत गान्तोक तहसीलका युवा प्रकोष्ठको आयोजनमा गान्तोक क्षेत्र भित्रका विभिन्न स्कूललाई अभिनन्दन जनाउने कार्यक्रम सम्पन्न भयो। उक्त अभिनन्दन कार्यक्रमका मुख्य अतिथि सिक्किम सरकारका ग्रामीण विकास एवं सहकारी विभागका मन्त्री अरुणकुमार उप्रेती थिए। मानव उत्थान सेवा समिति सिक्किम राज्य मानव सेवादल मण्डल प्रमुख प्रवीण गुरूङले विभिन्न स्कूल,, कलेज, शैक्षिक संस्थानहरूबाट संग्रह गरेको खाता, कलम, पेन्सिल, जोमेट्री, ई-रेजरहरू दुर्गम क्षेत्रका जरूरतमन्द विद्यार्थीहरूलाई समितिद्वारा बाँड़ने काम गर्दै आएको जानकारी गराए। समिति तथा मानव धर्मका प्रणेता सदगुरुदेव सतपालजी महाराजको आज्ञाअनुरूप तथा विभूजी महाराजको दिशानिर्देशनमा समितिले २०१४ देखि देशव्यापी मिशन एजुकेशन शुरू गरेको हो। यो अभियानको माध्यमद्वारा ३ दिसम्बर २०१८ मा गिनीज़ बुक अफ वर्ल्ड रेकर्डमा पनि नाम दर्ता गर्न सफल भएको जानकारी गराए। गुरुमहाराजको सोँच प्रत्येक देशका व्यक्ति-विशेष शिक्षित हुनु पर्ने,शिक्षित, क्षमता विकास जस्ता कार्यको सन्देश दिनु रहेको पनि जानकारी गराए। शिक्षाको महत्व र लेखन सामग्री वितरणबारे युवा प्रकोष्ठद्वारा पावर पोइन्ट प्रस्तुति पनि गरियो। युवा प्रकोष्ठद्वारा आयोजित कार्यक्रममा समितिद्वारा मुख्य अतिथिलाई सम्मानित गरियो। मुख्य अतिथि मन्त्री उप्रेतीले जीवनमा शिक्षाको महत्व, समाज उत्थान प्रतिको योगदान, बाँचुन्जेल राम्रो कर्म गर्नुपर्ने अन्तमा त्यो साँचो ईश्वर भक्तिको कमाईमात्र आफ्नो साथ जाने, बाँकी यही संसारमा छोडेर जानुपर्ने बिचार राखे। आजको कार्यक्रममा लेखन सामग्री प्रदान गर्ने स्कूलहरु क्रमैले पीएमश्री कन्या उच्चतर माध्यमिक विद्यालय देउराली, वेस्ट पोइन्ट उच्चतर माध्यमिक विद्यालय, ईन्चे उच्चतर माध्यमिक विद्यालय, मोडर्न उच्चतर माध्यमिक विद्यालय, बहाई माध्यमिक विद्यालयलाई अभिनन्दन जनाइयो। यसरी नै समितिलाई पत्रिकामा सहयोग पुऱ्याउने गान्तोक आरिथाङ निवासी काजी बुड़ाथोकिलाई पनि मुख्य अतिथि साथै सन्त महात्मागणको करकमलबाट स्मृति चिन्ह प्रदान गरियो। कार्यक्रममा गान्तोक तहसीलका बाल सभा तथा युवा प्रकोष्ठद्वारा देश भक्तिमा आधारित सन्देशमूलक भजन प्रस्तुत गरेका थिए। कार्यक्रममा उत्तर सिक्किम मंगन तहसीलकी तहसील प्रभारी महात्मा आयति बाईजीको पनि विशेष उपस्थिति रहेको थियो।

About Author

Advertisement