माउसेसको दुई दिवसीय प्रशिक्षण शिविरको समापन

IMG-20230326-WA0236.jpg

रम्फू: रम्फूस्थित श्री सुयश सत्संग धाम आश्रममा मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्र अन्तर्गत सिक्किम/दार्जीलिङ प्रान्तद्वारा समिति एवं मानव सेवादललाई लिएर २४ अनि २५ मार्चको दिन दुई दिवसीय प्रान्त स्तरीय प्रशिक्षण शिविरको आयोजना गरको थियो। सिक्किम मण्डल प्रभारी महात्मा ज्ञान बाईजीले शिविर सफल,असल र कुशलको कामना गरिन्। यसरी नै दोस्रो दिनको शिविरमा संत महात्माद्वारा योगा, साधन,प्राणायाम,सुमिरणमाथि प्रशिक्षण दिएका थिए भने मानव सेवादल प्रशिक्षकहरुद्वारा पिटी परेड र शारिरिक वयाममाथि प्रशिक्षण दिएका थिए। मानव उत्थान सेवा समिति अध्यात्मिक एवं सामाजिक पंजीकृत संस्थान भएकाले गर्दा यो प्लेटफर्मबाट आत्मा उत्थानको निम्ति अध्यात्मिक शिक्षा प्रदान गरको जनाइन्। सामाजिक उत्थानको निम्ति समिति,सेवादल र युवा प्रकोष्ठका सदस्यहरुलाई अग्नि सम्बन्धी,स्वास्थ्य सम्बन्धी, प्राकृतिक प्रकोप सम्बन्धी विशेष विभागीय प्रक्षिशकहरुले समय समयमा शिविरबाट तालिम दिने गरेको थप बताइन्।समितिले नियमित रूपमा रक्तदान शिविर,शिक्षा अभियान,सफाई अभियानमाथि विशेष कार्य गर्दै आईरहेछ। यस अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने महिला र पुरूष खेलाडीहरूलाई सम्मान जनाइयो, जसमा सरस्वती रसाईलाई समितिद्वारा “प्रतिभाशाली नारी सम्मान”ले सम्मानित गरियो भने विशाल राईलाई पनि समितिद्वारा अविनन्दन जनायो।

About Author

Advertisement