सिलगढी: आज वार्ड नम्बर १८ स्थित बस स्ट्यान्ड नजिक सिलगढी नगर निगमको पहलमा ‘मां क्यान्टिन’ को शुभारम्भ गरियो। सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकार, नगर निगमका कमिश्नर सोनम वाङ्ग्दी भुटिया, मेयर पार्षद मुन्ना प्रसाद, माणिक डे र वार्ड पार्षद सञ्जय शर्माले रिबन काटेर उक्त क्यान्टिनको विधिवत् उद्घाटन गरे।
स्मरण रहोस, यस मां क्यान्टिनमा मात्र ५ रुपियाँमा चामल, दाल, सब्जी अनि अण्डा पाइने छ। यो सेवा प्रतिदिन अपरान्ह १ बजीदेखि उपलब्ध रहनेछ, जहाँ प्रत्येक दिन ३०० भन्दा अधिक मानिसहरूले दिउँसोको खाना खान सक्ने छन्। अर्कोतिर, मां क्यान्टिन खोल्न साथ आज खाना खाने मानिसहरूको लामो लाइन देखियो।











