मह प्रशोधनमाथि सञ्चालित प्रशिक्षणको समापन

IMG-20250602-WA0646

गान्तोक: पश्चिम पाण्डाम निर्वाचन क्षेत्रअन्तर्गत जित्लाङ सामुदायिक केन्द्रमा मह प्रशोधनमाथि आयोजित पन्ध्र दिवसीय प्रशिक्षण कार्यक्रमको आज समापन भयो। कार्यक्रममा क्षेत्र विधायक एलबी दास मुख्य अतिथिकारूपमा उपस्थित रहेका थिए। वाणिज्य एवं उद्दोयग विभाग साथै एपीआइ केयर अर्गेनिक फार्मद्वारा गत १३ मईदेखि शुरु गरेको प्रशिक्षण कार्यक्रमको आज समापन भएको हो। यस कार्यक्रमको मुख्य उद्देश्य स्थानीय उद्यामीहरूलाई प्रोत्साहन गर्नु रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विधायक दासले सरकारद्वारा शुरू गरेको सुनौलो सिक्किम कार्यक्रमअन्तर्गत यस क्षेत्रमां विकासका कामहरू भएको दाबी गरे। यस क्रममा निखिल प्रधानले एपीआइ केयर अर्गेनिक फार्मको मुख्य उद्देश्य कृषि क्षेत्रलाई बढावा दिनु रहेको बताए। यसरी नै वाणिज्य एवं उद्दयोग विभागका प्रतिनिधि चुढामणि छेत्रीले विभागद्वारा उद्यामीहरूको निम्ति शुरू गरेको योजना र सव्सिडीबारे जानकारी गराए।

About Author

Advertisement