महिला समन्वय सम्मेलन ‘महिला शक्ति संगम’ आयोजित

n5623755681701709615013e0125df097552ca477fc3b3c17ef3ebb4a5777ddfa252eda1c6a999d54000319.jpg

गान्तोक: राजधानी गान्तोक छेउ मार्चक, रानीपुलस्थित कृषि विश्वविद्यालयको सभागृहमा आइतवार, ३ दिसम्बरका दिन महिला समन्वय सम्मेलन ‘महिला शक्ति संगम’ आयोजन गरियो।

कञ्चनजङ्घा सेवा ट्रस्ट सिक्किमद्वारा आयोजित उक्त कार्यक्रममा मुख्य अतिथिको रूपमा सिक्किम विश्वविद्यालयकी प्राद्यापक डा. पुष्प शर्मा उपस्थित थिइन्।

यस अवसरमा दुर्गा वाहिनीकी अखिल भारतीय संयोजिका एवं विश्व हिन्दू परिषदकी केन्द्रिय सह मन्त्री प्रज्ञा माहाल मुख्य वक्ताको रूपमा उपस्थित थिइन्। कार्यक्रम आयोजन गर्नुको उद्देश्य र महिला समन्वय समितिको बारेमा विद्या भारती अखिल भारतीय सह मन्त्री पवित्र दाहालले संक्षिप्तमा जानकारी गराइन्।

महिला समन्वय समिति समय-समयमा भेट गर्ने गर्दछ। अहिले देशभरि ६०० भन्दा धेरै स्थानहरूमा सम्मेलन आयोजना भइरहेका छन्। सम्मेलन तीन विषयमाथि भइरहेको छ, जसमा (१) भारतीय विचारमा महिलाहरूको स्थिति कस्तो हुनुपर्छ? मूल्याङ्कन कसरी गर्ने? दृष्टिकोण कस्तो हुनुपर्छ? (२) स्थानीय स्तरमा महिलाहरूको समस्या, प्रश्न र त्यसको समाधान कसरी गर्ने? र (३) भारतको विकासमा महिलाहरूको भूमिका कस्तो हुनुपर्ने आदि सामेल छन्।

यस महिला शक्ति संगममा २०० भन्दा धेरै महिलाहरू सहभागी थिए। कार्यक्रमलाई मुख्य अतिथि प्रा. पुष्प शर्मा, मुख्य वक्ता प्रज्ञा माहाल, सिक्किम विश्वविद्यालयकी प्रा. वेनु पन्त आदिले पनि सम्बोधन गरेका थिए।

About Author

Advertisement