महिला फूटबल टीम सही दिशामा अघि बढ़िरहेको प्रशिक्षक क्रिस्पिन छेत्रीको दावी

IMG-20250529-WA0531

नयाँ दिल्ली: भारतीय सीनियर महिला फूटबल टीमले एएफसी महिला एशियन कप फूटबल टुर्नामेण्टको क्वालीफायरको तयारीहरूअन्तर्गत २ वटा अन्तर्राष्ट्रिय मैत्री म्याच खेल्नेछ। भारतले शुक्रवार पहिलो अन्तर्राष्ट्रिय मैत्री म्याचमा उज्बेकिस्तानविरुद्ध खेल्नेछ। भारतीय टीमले २३ जूनदेखि ५ जुलाईसम्म एएफसी एशियन कप क्वालीफायरमा हिस्सा लिनेछ। भारतीय महिला फूटबल टीमका प्रशिक्षक क्रिस्पिन छेत्रीले खेलाड़ीहरूले आउँदो म्याचहरूको निम्ति गम्भीरताको साथ तयारी गरिरहेको जानकारी दिएका छन्। क्रिस्पिनले भने, टीम सही दिशामा अघि बढ़िरहेको छ। टीमले लगभग २५ दिनसम्म तयारी गऱ्यो अनि आउँदो म्याचहरूलाई लिएर हामी आशावादी छौं। क्रिस्पिनले फरवरीमा भारतीय टीममा मुख्य प्रशिक्षक पद सम्हालेपछि सीनियर महिला टीममा धेरै युवा खेलाड़ीहरूलाई सामेल गरेका छन्। उनले भने, टीममा युवा र अनुभवको असल मिश्रण छ। टीममा युवा खेलाड़ीहरूका साथमा केही असल सीनियर खएलाड़ीहरू पनि छन्, जसमा पन्थोई (चानू एलांगबाम), ग्रेस (डांगमेई), स्वीटी (देवी नगांगबाम), अञ्जु (तामाङ) र रतन (नोंगमाईथेम रतनबाला देवी) सामेल छन्। एएफसी क्वालीफायरमा भारतसँग ग्रुप बी-मा मंगोलिया, तिमोर-लेस्ते, इराक र आयोजक थाईल्याण्ड रहेको छ। भारतले २३ जूनमा मंगोलियाविरुद्ध म्याचको साथ अभियान शुरु गर्नेछ।

About Author

Advertisement