महिला उत्पीड़न, दुष्कर्म अनि नारी तस्करी एवम् हत्या विरुद्ध ऱ्याली

6a97b11c-e6c1-4b2f-b1a7-56e3ee642d60

कालचिनीःराज्यभरी नै दिनहुँ महिलामाथि अत्याचार, उत्पीड़न एवम् दुष्कर्म र तस्करी एवम् नारी हत्या जस्तो अपराधमा वृद्धि भइरहेको र यस्ता दुष्कर्मी अनि अपराधीहरूलाई कठोर सजाय दिनुपर्ने दाबी गर्दै बुधबार अलिपुरद्वार सहरमा एसएफआई, डीवाईएफआई र एआईडीडब्लूयूको संयुक्त मञ्चले एउटा धिक्कार ऱ्याली निकाल्यो। उक्त ऱ्यालीले अलिपुरद्वार सहरको परिक्रमा गर्दै नारी अनि महिला सुरक्षाको नारा लगाएको थियो। ऱ्यालीको समापन पश्चात अल इन्डिया डेमोक्रेटिक वूमेन एसोसिएसनको अलिपुरद्वार महकुमा सचिव समिता सरकारले २०११ सालदेखि यता लगातार राज्यमा महिला उत्पीड़न, हत्या, दुष्कर्म अनि नारी तस्करी जस्तो अपराधमा वृद्धि भइरहेको र हालै कालियागञ्जमा भएको नाबालिक दुष्कर्म र हत्याले राज्यमा महिलाहरूको सुरक्षामाथि प्रश्नचिन्ह तेर्सिएको र यसको प्रतिवादमा सम्पूर्ण गणतान्त्रिक औ सचेत समाज ओर्लिएर विरोध गरिनु पर्ने जनाएकी छन्।

About Author

Advertisement