महिलामुखी प्रावधानहरूलाई लिएर जागरूकता सत्र

n62052714617200277261346d36a144c5c0f3572eb01198cde936b128fe1da2463c815d2c243d2526eb608a

साेरेङ: महिला सशक्तिकरणको निम्ति डिस्ट्रिक्ट हबले भारतीय न्याय संहितामा महिलामुखी प्रावधानहरूलाई लिएर हिजो एक जागरूकता सत्र आयोजन गऱ्यो। मलबासेस्थित डन बस्को स्कूलका विद्यार्थीहरूलाई लिएर आयोजित कार्यक्रम महिलामुखी थीमहरूमाथि १०० दिवसीय विशेष जागरूकता अभियान अन्तर्गत एक पहल रहेको बताइएको छ।

सत्र अवधि सोरेङका उप निरीक्षक नोर्के लाचेन्पाले विद्यार्थीहरूलाई भारतीय न्याय संहिता अन्तर्गत विभिन्न कानुनी प्रावधानहरूको बारेमा जानकारी गराए। यसरी नै जिल्ला बाल सुरक्षा एकाईकी एरोमीना लेप्चाले चाइल्ड हेल्पलाइन र वुमन हेल्पलाइन जस्ता हेल्पलाइन नम्बरहरूको बारेमा जानकारी गराइन्।

About Author

Advertisement