महिलाको सुनको चेन लुट्ने एक अपराधी पक्राउ

Capture8-5.png

खोरीबारी: बङ्गाल–बिहारको सीमावर्ती चक्कर्मरी क्षेत्रमा लुटपाट घटनामा संलग्न एक जनालाई खोरीबारी पुलिस थानाले पक्राउ गरेको छ। प्राप्त जानकारीका अनुसार गत जुन १० साँझ खरीबारी चक्रमारी क्षेत्रमा रहेको घर अगाडि मोटरसाइकलमा सवार दुईजना लुटेराले आएर महिलाको सुनको चेन खोसेर भागेका थिए। यस विषयमा महिलाले पुलिस थानामा उजुरी दिएकी छिन्। यसपछि पुलिसले अनुसन्धान थालेको र सीसीटीभी फुटेजको विश्लेषण गरी बदमाशको पहिचान गरेको थियो ।यसैबीच, हिजो पुलिसले जलपाईगुडी अन्तर्गत राजगञ्जबाट एक आरोपीलाई पक्राउ गरेको छ। अभियुक्तको नाम पिन्टु ग्वाला हो। उनी राजगञ्जको इरानी बस्तीका बासिन्दा हुन्। पुलिस स्रोतबाट प्राप्त जानकारी अनुसार पिन्टु यसअघि पनि बिहार र राजस्थानमा लुटपाटका घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए। यसैबीच, आरोपीलाई आज सिलगढी डिभिजन अदालतमा पेश गरिएको छ। यसैबीच पुलिसले दोस्रो अभियुक्तको खोजी सुरु गरेको छ।

About Author

Advertisement