महिनाव्यापी पोषण माह २०२२ को उद्घाटन

IMG_20220902_225710.png

पाकिम: महिला एवं बाल विकास विभाग, पाकिमद्वारा महिनाव्यापी पोषण माह २०२२ को उद्घाटन पाकिम जिल्ला प्रशासनिक केन्द्रमा गरियो। पोषण अभियान अन्तर्गत महिला एवं बाल विकास मन्त्रालयले १ सेप्टेम्बरदेखि ३० सेप्टेम्बरसम्म देशव्यापी रूपमा ५औं पोषण माह पालन गर्नेछ।
जिल्लास्तरीय पोषण माहको शुरूवात पोषण एवं हस्ताक्षर अभियानद्वारा गरियो। जिल्लापाल टाशी छोपेलको अगुवाईमा शुरू गरिएको कार्यक्रममा जिल्ला प्रशासनका उच्च पदस्थ अधिकारीहरू सहभागी थिए। यस अभियान अन्तर्गत महिनाभरि विभिन्न गतिविधिहरू आयोजन गरिने बताइएको छ।
केन्द्र सरकारको ध्वजवाहक कार्यक्रमले छ वर्षमुनिका नानीहरू, गर्भवती महिला र स्तनपान गराउने महिलाहरूको पोषण परिणाम सुधार गर्ने लक्ष्य लिएको छ। पॉंचौं राष्ट्रिय पोषण माह अन्तर्गत मन्त्रालयले महिलाहरूको स्वास्थ्य र नानीहरूको शिक्षालाई केन्द्रित गरेर ग्राम पञ्चायतहरूमा प्रवेश गर्ने योजना बनाएको छ।

About Author

Advertisement