महिनावारीको समयमा रगतको ढिक्का किन निस्कन्छ? (डॉ. राजीब शर्माको बिचार प्रस्तुत)

IMG-20241020-WA0019

भद्रपुर: महिनावारी महिलामा हुने प्राकृतिक र नियमित प्रक्रिया हो। सामान्यतया किशोरावस्थामा पुगेपछि सुरु हुने महिनावारी चक्र सुक्ने बेलासम्म हरेक महिना नियमित हुनु राम्रो मानिन्छ।

सामान्यतया महिनावारीमा तीनदेखि पाँच दिनसम्म रक्तस्राव हुन्छ। पेट दुख्ने, ढाड दुख्ने, मुड बदल्ने जस्ता लक्षण देखिन्छन्। कहिलेकाहीं महिनावारीको समयमा बढी रक्तस्राव हुन्छ। कतिपय महिलालाई महिनावारीको समयमा रगत जम्ने र ढिक्काको रुपमा निस्कने पनि हुन्छ। अब प्रश्न उठ्छ रगत जम्नु र ढिक्काको रुपमा निस्कनु सामान्य हो कि कुनै रोगको संकेत?

महिनावारीमा पाठेघरले भित्र जम्मा भएको तहलाई बाहिर निकाल्छ। जसले गर्दा ढिक्काको रुपमा यो बाहिर निस्कन्छ। यदि महिनावारीको समयमा आउने रगतको ढिक्का आकारमा ठूलो छैन भने आत्तिनु पर्दैन। यो पाठेघरबाट निस्कने एक प्रकारको तन्तु हो। कहिलेकाहीं महिनावारीको समयमा यस्तो समस्या देखा पर्छ।

यसमा चिन्ता लिनु पर्दैन तर महिनावारीको समयमा नियमित रूपमा रगत जमेको देखियो र ठूलो आकारको ‘क्लट’ (ढिक्का) निस्कियो भने चाहिं चिकित्सकको परामर्श लिनुपर्छ।

यदि कुनै महिलालाई महिनावारीको समयमा क्लट भएको छ भने यसको अर्थ अत्यधिक रक्तस्राव हुन्छ। जसकारण शरीरमा रगतको कमी हुन सक्छ र संक्रमणको जोखिम पनि निकै बढ्छ। महिनावारीको समयमा रगत जम्छ भने त्यसको कारण पाठेघरको आकार बढ्छ।

महिनावारीको समयमा रगत जम्ने कारण:
गर्भाशयमा अवरोध
गर्भाशयमा अवरोध हुँदा रगत जम्ने र ढिक्काको रुपमा आउने गर्छ। पाठेघरको अवरोधका कारण पाठेघरको संकुचन हुने क्षमता कमजोर हुन्छ। जब पाठेघर राम्ररी संकुचन हुँदैन, तब रगत जम्मा हुन थाल्छ र ढिक्काको रुपमा निस्कन्छ।

पाठेघरमा गाँठो भएको लक्षण:
महिनावारीको समयमा पाठेघरमा गाँठो भएका कारण महिलामा रगत जम्ने सम्भावना हुन्छ। यो एक गैरक्यान्सर ट्युमर हो, जुन शरीरमा हार्मोनल परिवर्तनका कारण हुन्छ।

रजोनिवृत्ति:
रजोनिवृत्तिका कारण पनि महिनावारीको समयमा रगत जम्ने समस्याको सामना गर्नुपर्छ। यस्तो अवस्थामा महिलाले तुरुन्तै जाँच गर्नुपर्छ।

पाठेघरको क्यान्सरको लक्षण
पाठेघरको क्यान्सरले पनि महिनावारीको समयमा रगत जम्न सक्छ। यदि महिनावारीमा रगतको ठूलो ढिक्का देखा पर्छ भने अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ।
हार्मोनको असन्तुलनशरीरमा प्रोजेस्टेरोन र एस्ट्रोजेन हार्मोनको स्तर कम हुँदा पनि कतिपय महिलालाई महिनावारीको समयमा रगत जम्ने समस्या हुनसक्छ। यो अवधिमा अत्यधिक रगत बग्ने गुनासो पनि हुन्छ।

गर्भपातको लक्षण:
यदि गर्भवती महिलामा रगत जमेको छ भने यसले गर्भपात भएको संकेत गर्छ। प्रारम्भिक गर्भावस्थामा केही महिलाले महिनावारीको समयमा रगत जम्ने अनुभव गर्न सक्छन्। यो एक गम्भीर संकेत हुन सक्छ। यस्तो अवस्थामा चिकित्सकसँग तुरुन्त परामर्श लिनुपर्छ।

About Author

Advertisement