खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव अमर लामाको सांगठनिक सभाहरु र पार्टीगत दौडाहा तेज भएको छ। यसै क्रममा मंगलवार तीनधारे महानदी समष्टिको शिवखोला ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीसित महासचिव अमर लामाको सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सांगठनिक सभा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा शिवखोला ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीको सभापति प्रणय देवानको अध्यक्षता र सचिव एंव पञ्चायत समिति सदस्या अनिरा तामाङको सञ्चालनमा सम्पन्न भएको छ। सभामा विशेष गरेर केन्द्रीय महासचिव अमर लामाले आफ्नो सम्बोधनमा भने, चारैवटा बुथहरुको रिपोर्ट प्राप्त गरे। म आफै विगत चार महिनादेखि पार्टीको सांगठनिक गतिविधिको रिपोर्ट प्राप्त गर्दै हिँडिरहेको छु। पार्टीको सांगठनिक सभामा सकरात्मक मात्र होइन तर आलोचनात्मक पनि हुनुपर्छ र मिठो कुरा मात्र होइन तर तितो कुरा पनि हुनुपर्छ र नै पार्टीको तल्लो तहसम्म गतिविधि बुझ्न सकिन्छ। लामाले अघि भने, ‘पार्टीभित्र पारदर्शिता हुनुपर्छ। पारदर्शितापूर्ण रिपोर्ट म लगेर पार्टी अध्यक्ष समक्ष लगेर जान सक्छु। पार्टी अध्यक्षको नजरमा हुनुहुन्छ सबैजना किनभने यो क्षेत्र पार्टी अध्यक्षको नजिकको ठाउँहरु हो।’
तीनधारे महानदी समष्टिको सभापति राजीव थापा लगायत समष्टिको पदाधिकारीहरु र शिवखोला ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीको पदाधिकारीहरु उपस्थित रहेका थिए। सणामस स्वागत सम्भाषण हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाले राखेका थिए। सभालाई भागोप्रमो केन्द्रीय महासचिव अमर लामा, तीनधारे महानदी समष्टिको सांगठनिक सचिव सीबी राई, चारैवटा ग्राम पञ्चायतको सभापति सचिवहरु साथै सिपाहीधुराबाट राजीव राई, नरबुङबाट विकास गुरुङ, सिमरिङबाट कमल सुब्बा, मालुटारबाट नरेश राई आदिले वक्तव्य राखेका थिए।

सभामा केन्द्रीय महासचिव अमर लामाले पार्टीको सांगठनिक गतिविधि र पार्टीगत विस्तार साथै विभिन्न पार्टीगत योजनाहरु विषयमा वक्तव्य राखेका थिए। यस सभा विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाले विस्तृत जानकारी गराएका छन्।










