महाराष्ट्रका तीन जिल्लामा पाकिस्तान जिन्दाबादको नारा लगाएको आरोपमा ६ जना पक्राउ

प्रतीकात्मक तस्वीर

मुम्बई: महाराष्ट्रका तीन जिल्लामा पाकिस्तान जिन्दाबादको नारा लगाएको आरोपमा छःजनालाई अलग-अलग क्षेत्रबाट पुलिसले पक्राउ गरेको छ। यी सबै आरोपीहरूको बारेमा जाँचबुझ भइरहेको छ। वास्तवमा पाकिस्तानमा प्रत्येक वर्ष १४ अगस्तको दिन स्वतन्त्रता दिवस मनाइन्छ। यसै दिन मुम्बई, नासिक र अहमदनगर जिल्लाका अलग-अलग क्षेत्रहरूमा पाकिस्तान जिन्दाबादको नारा लगाइयो तथा पाकिस्तान समर्थक स्टोरीज पनि इन्स्टाग्राममा पोस्ट गरिएको थियो। अहमदनगरको भुईकोट किला क्षेत्रमा पाँचजना मानिसहरूले पाकिस्तान जिन्दाबादको नारा लगाइरहेका थिए। यिनीहरूले भारतको तीन टुक्रा हुने नारा पनि लगाएका थिए। यस सम्बन्धमा सूचना पाएपछि भिंगार क्याम्प पुलिस स्टेशनमा सिकायत दर्ता गराइयो र पुलिसले पाँचैजनालाई हिरासतमा लिएको थियो। जाँचबुझपछि यिनीहरूमध्ये तीनजनाविरूद्ध मुद्दा दर्ता गरिएको छ।

यसरी नै कोलाबामा पनि पाकिस्तानको स्वतन्त्रता दिवसमा दुईजना आफ्नो इन्स्टाग्राममा पाक समर्थनको कथा पोस्ट गरेका थिए। यसको सिकायत कोबालाका एक व्यापारीले कोबाला पुलिस स्टेशनमा दर्ता गराएका छन्। उक्त उजुरीको आधारमा पुलिसले दुवै युवकलाई पक्राउ गरेको छ। दुवैको उमेर १९ वर्ष रहेको बताइएको छ। नासिक जिल्लाको चांदवड़ टोल बूथका एक कर्मचारीले १४ अगस्तमा पाकिस्तान जिन्दाबादको नारा लगाएका थिए। यसको सिकायत गरेपछि चांदवड़ पुलिस स्टेशनको टीमले मामिला दर्ता गराएको छ। नासिक ग्रामीणका पुलिस अधीक्षक शाहजी उमाप अनुसार यस मामिलामा आरोपीको पहिचान शाहदाब शौकत कुरेशीको रूपमा गरिएको छ। यी कर्मचारीविरूद्ध धार्मिक तनाव सृजना गरेको मामिला दर्ता गरिएको छ। यी सबै मामिलाहरूमा पुलिसले गहन जाँचबुझ गरिरहेको छ साथै यसको आतङ्कवादी सम्बन्धको एङ्गलले पनि जाँच गरिरहेको छ। -हिस 

About Author

Advertisement