महान फूटबलर श्याम थापालाई मोहन बगान रत्न सम्मान

photocollage_20227814421664.jpg

८ जुलाईः पूर्व भारतीय फूटबलर तथा ब्याकभली किंग श्याम थापालाई बिहीवार मोहन बगान क्लबको सर्वोच्च सम्मान मोहन बगान रत्नको निम्ति चयन गरियो। महान खेलाड़ी श्याम थापालाई यो पुरस्कार मोहन बगान क्लबको स्थापना दिवस समारोहको अवधि २९ जुलाईमा प्रदान गरिनेछ। आफ्नो विख्यात ब्याक भलीले गर्दा चिनिने श्याम थापाले १९६० र १९७०-को दशकमा ईष्ट बेंगलबाट असाधारण प्रदर्शन गरेका थिए। त्यसपछि चीरप्रतिद्वन्द्वी मोहन बगानले १९७७-मा उनलाई त्यस समयको रेकर्ड ५० हजार रुपियाँको अनुबन्धमा हासिल गरेको थियो। त्यस सत्रमा टीमले आईएफए शील्ड, रोवर्स कप र डूरण्ड कपको रूपमा खिताबी जीतको ह्याट्रिक गरेको थियो। उनले सात सीजनसम्म मोहन बगानबाट खेले अनि १९८२-मा उनलाई कप्तान बनाइएको थियो। थापाले १९७७-मा पेलेको उपस्थिति भएको न्यूयोर्क कसमस विरुद्ध खेल्दै मोहन बगानबाट गोल गरेका थिए। म्याच २-२-ले ड्र रहेको थियो। उनी अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-को तक्निकी समितिका अध्यक्ष थिए, जसलाई भंग गरिएको छ अनि अहिले प्रशासकहरूका समितिले एआईएफएफ-को कामकाज हेरिरहेको छ। मोहन बगानको कार्यकारी समितिले प्रतिभाशाली कियान नासिरीलाई सर्वश्रेष्ठ फरवर्ड अनि लिस्टन कोलासोलाई सर्वश्रेष्ठ फूटबलर चयन गऱ्यो। यसरी नै पूर्व गोलकीपर बेलाई दे-लाई लाइफटाइम अचीवमेण्ट पुरस्कारले सम्मानित गरिनेछ।

About Author

Advertisement