महान कपिल देवलाई पछि छोड़्न सफल मोहम्मद सिराज

IMG-20250805-WA0051

लण्डन: पेस बलर मोहम्मद सिराजको उत्कृष्ट प्रदर्शनको सहायताले भारतीय टीमले ईंग्ल्याण्डविरुद्ध ५ वटा टेस्ट म्याचको सीरीज २-२-ले ड्र गऱ्यो। विश्वका नम्बर एक बलर जसप्रीत बुमराहको अनुपस्थितिमा सिराजले भारतीय पेस आक्रमणको अगुवाई गर्दै ईंग्ल्याण्डको सीरीज जित्ने सपनालाई भताभुंगै पारे। उनले पाँचौं टेस्ट म्याचको अन्तिम दिन विध्वंशी बलिंग गर्दै भारतलाई ६ रनले यादगार जीत दिलाए। पाँचौं टेस्ट म्याचमा सिराजले जम्मा ९ विकेट लिए। यसमा पहिलो ईनिंग्सको ४ र दोस्रो ईनिंग्सको ५ विकेट सामेल छ। सिराजका साथी पेस बलर प्रसिद्ध कृष्णाले पनि ईंग्ल्याण्डको दुईवटा ईनिंग्समा ४-४ विकेट लिए। बुमराहले कार्यभार प्रबन्धनले गर्दा सीरीजमा केवल ३ वटा टेस्ट म्याच खेले। यसरी बुमराह नखेलेको २ वटा टेस्ट म्याचमा सिराजले असाधारण प्रदर्शन गरे। सिराजले पूरा सीरीजमा उत्कृष्ट बलिंग गरेर केही रेकर्ड पनि बनाए। उनले ५ वटा टेस्ट म्याचको सीरीजमा जम्मा २३ विकेट लिए, जुन एउटा टेसस्ट सीरीजमा उनको सर्वश्रेष्ठ प्रदर्शन हो। यसअघि उनले २०२४-२५ मा अष्ट्रेलियाविरुद्ध सीरीजमा २० र २०२१-२२ मा ईंग्ल्याण्डविरुद्ध सीरीजमा १८ विकेट लिएका थिए।
यसबाहेक सिराजले ईंग्ल्याण्डमा सर्वाधिक विकेट लिने भारतीय बलरहरूका मामिलामा बुमराहको बराबरी गरेका छन्। बुमराहले २०२१-२२ मा ईंग्ल्याण्डविरुद्ध सीरीजमा २३ विकेट नै लिएका थिए। यस सूचीमा तेस्रो स्थानमा भुवनेश्वर कुमार छन्, जसले २०१४-को ईंग्ल्याण्ड यात्रामा १९ विकेट लिएका थिए। सिराजले ईंग्ल्याण्डविरुद्ध सोमवार सम्पन्न सीरीजमा ७ पल्ट ईनिंग्समा ४ या त्यसभन्दा अधिक विकेट लिए। यो आँकड़ा भारतीय बलरहरूमा अहिलेसम्मको सर्वश्रेष्ठ हो। यस मामिलामा सिराजले बुमराहलाई पछि छोड़े। बुमराहले ५ पल्ट यस उपलब्धिलाई हासिल गरेका थिए। यतिमात्र नभएर सिराज ईंग्ल्याण्डमा भारतको निम्ति तेस्रो सर्वाधिक विकेट लिने बलर बनेका छन्। उनले यस सूचीमा महान कपिल देवलाई पछि छोड़ेका छन्। सिराजले ईंग्ल्याण्डमा ४६ टेस्ट विकेट लिएका छन् जबकि कपिलले ४३ विकेट हासिल गरेका थिए। यस सूचीमा सिराजभन्दा अघि ईशान्त शर्मा र बुमराह रहेका छन्। बुमराह र ईशान्तले ईंग्ल्याण्डमा ५१-५१ विकेट लिएका छन्।

About Author

Advertisement