महानदी हाई स्कूलमा तिहार उत्सव अनि देवकोटा जयन्ती पालन

IMG_20221021_192938.jpg

खरसाङ: खरसाङको महकुमा अन्तर्गत महानदी हाई स्कूलमा तिहार उत्सव तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती पालन गरिएको छ। महानदी हाई स्कूलको प्रधान अध्यापक महेन्द्र छेत्रीको अध्यक्षता र समाजसेवी सुर्यनारायण प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न उक्त तिहार उत्सव एवं महाकवि देवकोटा जयन्ती कार्यक्रमलाई शिक्षिका दिपा रसाईलीले सञ्चालन गरेका थिए। कार्यक्रमको शुरुमा माता लक्ष्मी र महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्वीरमा माल्य अर्पणसहित धुप दीप प्रज्वलन गरिएको छ। कार्यक्रममा महाकवि देवकोटा विषयमा शिक्षक अशोक विश्वकर्मले वक्तव्य राखेका थिए। यसै कार्यक्रममा तिहार उत्सव कार्यक्रम अन्तर्गत विद्यार्थीहरूवाई लिएर विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरिएको छ। उक्त प्रतियोगितात्मक कार्यक्रम अन्तर्गत अल्पना कलामा रेड हाउस प्रथम, ग्रिन हाउस दोस्रो र ब्ल्यु हाउस तेस्रो भएको छ। त्यसरी नै कलस सजावट प्रतियोगितामा प्रथम रेड हाउस, दोस्रो ग्रीन हाउस र तेस्रो ब्ल्यु हाउस भएका छन् भने भैलिनी प्रतियोगिता अन्तर्गत प्रथम यल्लो, दोस्रो ब्ल्यु र तेस्रो रेड हाउस भएको छ। त्यस्तै प्रकारले देउसीमा प्रथम रेड हाउस, दोस्रो यल्लो हाउस र तेस्रो ग्रिन हाउस भएको छ। कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो हुनेहरूलाई पुरस्कारहरू वितरण गरिएको छ। कार्यक्रमको प्रमुख अतिथि समाजसेवी सुर्यनारायण प्रधानले वक्तव्य राखेका थिए भने कार्यक्रममा धन्यवाद ज्ञापन महानदी हाई स्कूलका प्रधान अध्यापक महेन्द्र छेत्रीले राखेका थिए।

About Author

Advertisement